अपराध
२४ वर्षीय युवाद्वारा २ अर्ब १ करोडको अवैध कारोबार, प्रहरीद्वारा सार्वजनिक
सोमबार, ३१ वैशाख २०८१, १२ : ३३

काठमाडौँ । प्रहरीले अनलाइन सट्टेबाजीमा संलग्न एक युवकलाई पक्राउ गरेर सोमबार सार्वजनिक गरेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले २४ वर्षीय अनिल ढुंगानालाई पक्राउ गरेर सोमबार सार्वजनिक गरेको हो ।
वानएक्स बेट, जुवा३६५ जस्ता अनलाइन बेटिङ वेबसाइटहरुको प्रयोग गरी उनले २ अर्ब १ करोड भन्दा बढीको कारोबार गरेको खुलेको कार्यालयले बुधबार पत्रकार सम्मेलन गरेर जानकारी गराएको छ ।
उनले ५५ वटा बैंक खातामार्फत उक्त कारोबार गरेको पाइएको छ । पक्राउ परेका ढुंगाना काभ्रेको मण्डनदेउपुर नगरपालिका वडा नम्बर ८ घर भइ हाल भक्तपुरको सूर्यबिनायकमा बस्दै आएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खोटाङमा अन्तरजातीय विवाह गर्ने पाँच दम्पती सम्मानित
-
निखिलको फिल्म ‘आचार्य’ बाट डेब्यु गर्दै उषा उप्रेती
-
शारीरिकसरह मानसिक स्वास्थ्यका संरचना निर्माण गर्नू, लान्छना लगाउनेलाई दण्डित गर्नू : सर्वोच्च अदालत (पूर्णपाठ)
-
न्यायिक समितिको सशक्तिकरणमा सहयोग गर्ने मुख्यमन्त्री कँडेलकाे प्रतिबद्धता
-
सरकारले आन्दोलनरत शिक्षकरूलाई वार्तामा बोलायो
-
आइसिसी महिला विश्वकप एसिया छनोटका लागि नेपाली टोलीको घोषणा