जडेजाको आउटले सृजना गरेको विवाद, आईपीएलको इतिहासमै तेस्रोपटक यस्तो आउट

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) मा आइतबार राजस्थान रोयल्स र चेन्नई सुपर किङ्सबिच खेल थियो । उक्त खेलमा विजयी भएको भए राजस्थान रोयल्स प्रतियोगिताको प्ले–अफ चरणमा पुग्ने दोस्रो टोली बन्ने थियो ।
तर, नतिजा राजस्थानका समर्थकले सोचेभन्दा बिल्कुलै फरक आयो । अर्थात, उक्त खेलमा चेन्नईले राजस्थानलाई पाँच विकेटले पराजित गर्यो । जितसँगै चेन्नईले प्ले–अफ चरणमा पुग्ने सम्भावना बलियो बनाएको छ भने राजस्थानले अगाडिको यात्रा तय गर्न थप प्रतिक्षा गर्नु पर्ने भएको छ ।
तर, चेन्नई र राजस्थानबिचको खेलमा रविन्द्र जडेजाको आउटको विषयलाई लिएर अहिले सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रिया सार्वजनिक भइरहेका छन् । दुबै टोलीका प्रशिक्षकले पनि यस विषयमा आ–आफ्नो धारणा राखेका छन् । खासमा खेलका क्रममा चेन्नईका ब्याट्सम्यान रविन्द्र जडेजालाई अम्पायरले ‘अब्सट्रेक्टिङ दी फिल्ड’ आउट दिएका थिए । खेलका क्रममा मैदानमा अवरोध श्रृजना गरेको आरोपमा ब्याट्सम्यानलाई ‘अब्सट्रेक्टिङ दी फिल्ड’ आउट दिइन्छ ।
त्यतिबेला रविन्द्र जडेजा ६ बलमा पाँच रन बनाउँदै क्रिजमा थिए । यसरी रविन्द्र जडेजा आईपीएलको इतिहासमै ‘अब्सट्रेक्टिङ दी फिल्ड’ आउट हुने तेस्रो खेलाडी बन्न पुगे । रविन्द्र जडेजालाई यसरी आउट दिइएपछि चेन्नईका प्रशिक्षक माइकल हसी निकै आक्रोसित बनेका थिए ।
प्रशिक्षक हसीसँगै चेन्नईका समर्थकहरुले पनि सामाजिक सञ्जालमार्फत अम्पायरमाथि आफ्नो आक्रोश पोखिरहेका छन् । त्यसपछि राजस्थान रोयल्सका प्रशिक्षक कुमार सांगाकाराले पनि आफ्नो प्रतिक्रिया सार्वजनिक गरेका थिए । सांगाकाराको प्रतिक्रिया सार्वजनिक भएपछि चेन्नईका प्रशिक्षक हसी पनि केही शान्त बनेका छन् ।
चेन्नईका प्रशिक्षक र समर्थक आक्रोसित भएपछि राजस्थानका प्रशिक्षक सांगाकाराले भनेका छन्, ‘क्रिकेट खेल नियममा बाँधिएको हुन्छ । अम्पायरले पनि नियमअनुसार नै ब्याट्सम्यानलाई आउट दिने हो । नियमले भन्छ, यदि कुनै ब्याट्सम्यानले खेलका क्रममा आफ्नो दिशा बदल्छ र फिल्डरले बल थ्रो गर्दा त्यसको बिचमा आएर बाधा श्रृजना गर्छ भने यस्तो अवस्थामा ब्याट्सम्यानलाई आउट दिनै पर्छ ।’
प्रशिक्षक सांगाकाराका अनुसार, केही वर्षअघि ‘अब्सट्रेक्टिङ दी फिल्ड’ नियममा केही परिवर्तन पनि गरिएको थियो । उनी भन्छन्, ‘यदि कुनै ब्याट्सम्यान फिल्डरले फालेको बलको बिचमा आउँछ र बल त्यो ब्याट्सम्यानको शरिरमा ठोकिन्छ भने यस्तो स्थितिमा ब्याट्सम्यान ‘अब्सट्रेक्टिङ दी फिल्ड’ नियम अनुसार आउट हुन्छ । यदि चेन्नईका ब्याट्सम्यान रविन्द्र जडेजा आफू उभिएकै दिशातर्फ दौडिएको भए उनी आउट हुने थिएनन् ।’
सांगाकाराको टिप्पणी सार्वजनिक भएपछि चेन्नईका प्रशिक्षक माइकल हसीले पनि आफ्नो धारणा केही परिवर्तन गरेका छन् । उनले भनेका छन्, ‘सायद त्यतिबेला मेरो ध्यान अन्यत्र थियो । मैले राम्ररी देख्न सकिन होला । रविन्द्र जडेजाले विकेटको बिचमा दौडँदा आफ्नो दिशा परिवर्तन गरेको मैले देखिँन । उनी सिधा रेखामै दौडिएका थिए । हुन सक्छ मबाट गल्ति पो भयो कि !’
Indian Premier League (IPL) 2025
विस्तृत विवरण
खेल तालिका
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उद्योग वाणिज्य महासंघ र थाइल्यान्डको व्यापार बोर्डबीच समझदारीपत्रमा हस्ताक्षर
-
‘नरसिंहा अवतार’ले किन बनायो ६० फिट लामो पोस्टर ?
-
‘ठुलो भिड रहेकाले कार्यक्रम स्थलबाट प्रसाईंलाई पक्राउ गर्न सम्भव भएन’
-
तीनकुने प्रदर्शनमा ५८ राउन्ड गोली प्रहार, २० जनालाई लाग्यो
-
प्रधानमन्त्रीसँग प्रथम थाइ सगरमाथा आरोहीको भेट
-
भक्तपुरमा गुन्जँदै रामकृष्ण ढकाल