स्वास्थ्य सेवामा राज्यले सहजीकरण गर्ने अवस्था आएको छ : डा.कोइराला
![स्वास्थ्य सेवामा राज्यले सहजीकरण गर्ने अवस्था आएको छ : डा.कोइराला](https://npcdn.ratopati.com/media/news/koirala_ZZs0aNs4d3.jpg)
काठमाडौँ । नेपाल मेडिकल काउन्सिलका पूर्व अध्यक्ष एवं वरिष्ठ मुटु रोग विशेषज्ञ प्राडा भगवान कोइरालाले स्वास्थ्य सेवामा राज्यले लगानी गर्ने र सहजीकरण गर्ने अवस्था आएको बताएका छन् । सोमबार नेपाल स्वास्थ्य सम्मेलन दोस्रो संस्करणको उद्घाटन सत्रलाई सम्बोधन गर्दै स्वास्थ्य सेवामा राज्यले लगानी गर्ने र सहजीकरण गर्ने अवस्था आएको बताएका हुन् ।
उनले नेपालमा अब स्वास्थ्य सेवाका मोडलहरुका बारेमा चर्चा गर्ने बेला आएको समेत बताए । स्वास्थ्य जनशक्ति उत्पादन मात्रै नभई गुणस्तरीय सेवा दिन सक्ने जनशक्ति उत्पादनमा ध्यान दिनु पर्ने कोइरालाको भनाइ छ । ‘कार्यान्वयनमा ध्यान दिनुपर्यो जनशक्ति उत्पादनमा मात्रै नभई गुणस्तरीय जनशक्ति उत्पादनमा ध्यान दिनुपर्ने छ’ उनले भने, ‘ अहिले हामी उचित जनशक्ति बिना नै काम गरिरहेका छौँ ।’
उनले स्वास्थ्यकाे जिम्मेवारी सरकारले मात्रै न लिएर आम नागरिकले पनि लिनुपर्ने तर्क गरे । स्वास्थ्य क्षेत्रमा आवश्यकता पहिचान गर्ने उद्देश्यले काठमाडौँमा नेपाल स्वास्थ्य सम्मेलनकाे दोस्रो संस्करण जारी छ । सम्मेलनका क्रममा विभिन्न ६ वटा विषयमाथि विज्ञहरूका बिचमा छलफल हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशीमा आमसञ्चार विधेयक बहस : सत्तारुढ सांसद नै संशोधनको पक्षमा
-
बचत फिर्ता नगरेको भन्दै बागमतीका ८ सहकारीको फाइल सीआईबीमा
-
बजारमा ग्यास अभाव : के भन्छन् व्यवसायी ?
-
मन्त्री अधिकारीले नियुक्त गरे भूमि आयोगको जिल्ला समितिमा थप ३९ जना सदस्य (सूचीसहित)
-
भूमि आयोगको जिल्ला समितिमा थप ३९ जना सदस्य नियुक्त, कहाँ को ? (सूचीसहित)
-
समयमै न्याय पाउन निकै गाह्रो छ : प्रमुख साह