राजनीतिमा आउलान् अल्लु अर्जुन ?
नयाँ दिल्ली । दक्षिण भारतीय अभिनेता अल्लु अर्जुन यतिबेला आफ्नो बहुप्रतिक्षित फिल्म ‘पुष्पा २ः द रुल’ का कारण चर्चामा छन् । अर्कातिर उनी राजनीतिमा आउने चर्चा पनि चुलिएको छ । भारतमा लोकसभाको निर्वाचन भइरहेको छ । अल्लु अर्जुनले आफ्नो मित्र र वाईएसआरसीपीका विधायक उम्मेदवार रविचन्द्र किशोर रेड्डीको समर्थनमा हालै नन्दयालामा चुनाव प्रचार प्रसार गरेका थिए ।
अभिनेता चुनावी प्रचार प्रसारमा देखिएपछि उनी राजनीतिमा आउने हल्ला चलेको हो । अल्लु अर्जुन चुनावी अभियानमा आउनु रेड्डीको राजनीतिक करियरमा ठुलो अर्थ राख्दछ । सोमबार हैदरावादको जुबली हिल्समा अभिनेताले मतदान गरेका थिए । मतदान लगत्तै उनले पत्रकारहरूलाई पनि सम्बोधन गरेका थिए । पत्रकार सम्मेलनमा उनलाई सक्रिय राजनीतिमा आउने सम्भावना कति छ भनेर सोधिएको थियो । यो प्रश्न सुनेपछि अभिनेताले मुस्कुराउँदै छैन भनेका थिए । अल्लुको जवाफ सुन्दा अहिले नै राजनीतिमा आउने उनको कुनै योजना नभएको स्पष्ट छ । उनी आफ्नो सारा ध्यान फिल्मी करियरमै दिन चाहन्छन् ।
फ्यानहरू फिल्म ‘पुष्पा २ः द रुल’ लाई फिल्म उत्सुकताका साथ पर्खिरहेका छन् । हालै फिल्मको पहिलो गीत सार्वजनिक भएको छ । निर्माताहरूले फिल्मको दोस्रो गीत रिलिज गर्ने तयारी गरिरहेका छन् । सामाजिक सञ्जालमा फिल्मका निर्माताले दोस्रो ट्र्याक अर्को महिना रिलिज गर्ने चर्चा छ । यस बारे थप जानकारी निर्माताहरूले चाँडै साझा गर्ने अपेक्षा गरिएको छ ।
‘पुष्पा २ः द रुल’ को कथा निर्देशक सुकुमार र श्रीकान्त भिसाले लेखेका हुन् । फिल्ममा राष्ट्रिय पुरस्कार विजेता देवी श्रीप्रसादको सङ्गीत रहेको छ । यो फिल्म ‘पुष्पाः द राइज’को सिक्वेल हो र दोस्रो भागमा पुष्पराज र भंवरसिंह शेखावतबिच भिडन्त हुनेछ । एक्सनले भरिपूर्ण यो फिल्ममा रश्मिका मन्डन्ना र फहद फासिल मुख्य भूमिकामा छन् । सुनिल, राव रमेश, अनुसया भारद्वाज र जगदीश सहायक भूमिकामा देखिनेछन् । फिल्म यही वर्ष अगस्ट १५ मा रिलिज हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति विकास कोष र ट्रान्सफर्मरको दुई ठुला भ्रष्टाचार मुद्दा पेसीमा
-
वीरगञ्ज भन्सार : पेट्रोलियम पदार्थबाट ३७ अर्ब राजस्व सङ्कलन
-
दुई जिल्लाले धानेको सुदूरपश्चिम प्रदेशको अर्थतन्त्र
-
कपिल शर्मा, राजपाल यादव, सुगन्ध मिश्रा र रेमो डिसुजालाई ज्यान मार्ने धम्की
-
जनता र विकासलाई केन्द्रमा राखेर काम गर्नुपर्छ : राष्ट्रपति पौडेल
-
छ महिनामा जीवनबीमा कम्पनीले उठाए ८१ अर्ब प्रिमियम