कांग्रेसले सार्यो संसदीय दलको बैठक
सोमबार, ३१ वैशाख २०८१, १० : २३

काठमाडौँ । नेपाली कांग्रेसको संसदीय दलको बैठक सरेको छ । कांग्रेसले सोमबार दिउँसो २ बजेका लागि बोलाएको दलको बैठक मंगलबार बिहान ८ बजेका लागि सारेको हो । आफ्नो संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने गरी आजको बैठक स्थगित गरिएको कांग्रेसले जनाएको छ ।
सहकारी ठगीमा संसदीय छानबिन समितिको माग गर्दै आएको कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफलका लागि बैठक स्थगित गरिएको बुझिएको छ । आइतबार बिहानको भेटमा संसदीय छानबिन समिति गठनमा प्रधानमन्त्री प्रचण्ड सकारात्मक भएको कांग्रेस नेताहरूले बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रेडरिक मर्ज जर्मनीको चान्सलर बन्ने प्रबल संभावना
-
बुण्डेस लिगामा बायर्नको शानदार जित
-
ला लिगा : लयमा फर्कियो रियाल मड्रिड, बार्सिलोना गोल अन्तरले अगाडि
-
प्रिमियर लिगमा लिभरपुलको सहज जित, घरेलु मैदानमै हार्यो म्यान्सिटी
-
प्रवास एसियामा माओवादी अभियान : १० हजार सदस्य थप्ने योजना
-
आर्थिक विकासका लागि ‘डिजिटल गभर्नेन्स’ अति आवश्यक