सुन तस्करी
विमानस्थलबाट कपडामा लेपन गरिएको सुन बरामद
सोमबार, ३१ वैशाख २०८१, ०९ : ५०

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले कपडाभित्र लेपन गरेर ल्याएको सुन बरामद गरेको छ । दुबईबाट आएको भारतीय नागरिकको साथबाट सुन बरामद गरिएको विमानस्थल सुरक्षा कार्यालयका एक जना अधिकृतले रातोपाटीलाई बताए ।
अन्डवेयर, हुडी र पाइन्टमा लेपन गरिएको सुन सहित कपडाको तौल ५ केजी १ सय ग्राम मापन गरिएको छ । कपडा र सुन छुट्याएपछि मात्र यकिन तौल आउने अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् ।
आइतबार साँझ भारतीय नागरिकहरू फ्लाई दुबईबाट काठमाडौँ ओर्लिएका हुन् । भन्सार जाँचपास पार गरेपछि विमानस्थल सुरक्षा कार्यालयको टोलीले उनीहरूलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गभर्नर नियुक्ति विवादसम्बन्धी रिट आज पनि इजलासको पुछारमा
-
‘के घर के डेरा : घर नं २’ मा खगेन्द्र डेरावाल हुन् ?
-
बद्री केसीविरुद्ध दायर अवहेलना मुद्दाको पेसी न्यायाधीशद्वय सुवेदी र ढकालको इजलासमा
-
टेलिमेडिसिन : मानसिक स्वास्थ्य पहुँचको नयाँ बाटो
-
आइतबार बन्यो आईपीएलको रेकर्ड तोडिने दिन
-
यमनमा अमेरिकी हवाई आक्रमण, आठ हुथी विद्रोही मारिएको दाबी