एमजी ४ ईभीलाई २०२४ को उत्कृष्ट कारको उपाधि

काठमाडौँ । एमजी ४ ईभीले हालै २०२४ को उत्कृष्ट कारको उपाधि हात पारेको छ । न्युजिल्याण्डको प्रख्यात सञ्चार कम्पनी स्टफद्वारा आयोजित ‘टप कार्स २०२४’ नामक अवार्ड समारोहमा निर्णायक मण्डलको मन जित्दै एमजी ४ ईभीले शीर्ष उपाधि जित्न सफल भएको हो ।
विद्युतीय कार एमजी ४ ईभीले गत वर्ष नेपाली बजारमा कदम राखेको थियो । २०२२ मा बजारमा आएको एमजी४ ईभीले ‘बेष्ट भ्यालू इलेक्ट्रिक कार २०२३’, ‘कार अफ द इयर २०२३’, ‘बेष्ट भ्यालू इलेक्ट्रिक कार २०२२’, र टप गिएर अवार्ड २०२२ मा ‘बार्गेन अफ द यर’ जस्ता विभिन्न उपाधिहरू हासिल गर्दै आएको छ ।
एमजीको नेपालको लागि आधिकारिक वितरक एवम् आयातकर्ता पारामाउन्ट मोटर्स प्रा.लि.ले हाल नेपालमा एमजी ४ ईभी, एमजि जेडएस ईभी, एमजि कोमेट ईभी गरी ३ वटा मोडेलका विद्युतीय र एमजी हेक्टर, एमजि एचएस, र एमजी एसटर गरी ३ वटा मोडेलका इन्धन गाडीहरू बिक्री वितरण गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६९ मेगावाट क्षमताको मर्स्याङ्दी जलविद्युत् केन्द्रबाट ३० मेगावाट मात्रै उत्पादन
-
इटालियन सिरी’एमा एसी मिलानको शानदार जित
-
वैशाख पहिलो साता कर्णाली एजुकेशन एक्स्पो हुने
-
यसरी बन्दैछ त्रिवि मैदानमा प्यारापिट, तस्बिरहरू
-
ला लिगामा ३१ औं चरणका खेल सुरु, भ्यालेन्सियाले सेभियालाई हरायो
-
फाइनलमा स्थान पक्का गर्ने लक्ष्यसहित मैदानमा उत्रँदै अपराजित नेपाल