ललितपुरको टहरामा आगलागी : घाइते महिलाको पनि मृत्यु
सोमबार, ३१ वैशाख २०८१, ०९ : ३९

काठमाडौँ । ललितपुर महानगरपालिका–१७ स्थित बाफलमा आगलागीमा परेर गम्भीर घाइते भएकी रुपा गिरीको मृत्यु भएको छ । किष्ट अस्पताल नजिकैको टहरामा आगलागीमा परेर गम्भीर घाइते भएकी गिरीको गएराति किष्ट अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेश सुवेदीले रातोपाटीलाई बताए ।
उनीसँगै आगलागीमा परेका दुई बालिकाको यसअघि २४ वैशाखमा मृत्यु भएको थियो । ३ वर्षीया प्रिया गिरी र ८ वर्षीया एलिशा गिरीले यसअघि ज्यान गुमाएका हुन् । रौतहटको राजदेवी नगरपालिका–४ घर भएका उनीहरू परिवारसँग ललितपुरको किष्ट अस्पताल नजिकै टहरामा बस्दै आएका थिए । मोबिल स्टोरमा आगलागी हुँदा घाइते भएका रुपाका श्रीमान् सञ्जय गिरी र १५ वर्षीय मित गिरीको किष्ट अस्पतालमा उपचार हुँदै छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धोनीको कप्तानीमा चेन्नईको पुनरागमन, लखनऊ ५ विकेटले पराजित
-
नयाँ वर्षको दिन सङ्खुवासभामा चट्याङ लागेर एकै परिवारका चार जना घाइते
-
१२ बजे, १२ समाचार : नयाँ वर्षको पहिलो दिन पनि शिक्षकहरू सडकमैदेखि बैंकहरूले लागु गरे नयाँ ब्याजदरसम्म
-
धनगढी हाफ म्याराथनको उपाधि आर्मीका खड्कालाई
-
अस्ट्रेलियामा नयाँ प्रजातिका ‘विशबोन’ माकुरा फेला
-
गायक आचार्यको नयाँ म्युजिक भिडियो सार्वजनिक