बिहीबार, ११ पुस २०८१
ताजा लोकप्रिय

नेपालको निर्माण क्षेत्रमा डिजिटलाइजेशनसम्बन्धी सम्मेलन आयोजना

सोमबार, ३१ वैशाख २०८१, ०७ : ०८
सोमबार, ३१ वैशाख २०८१

काठमाडौँ । नेपाल विम फोरम र नेपाल जलविद्युत एसोसिएसनले विश्व बैंकको सहयोगमा ‘नेपालमा बीआईएम सम्मेलन २०२४’ शीर्षकमा एकदिने सम्मेलन आयोजना गरेको छ । कार्यक्रमको मुख्य विषय ‘कसरी कुशल र लागत प्रभावकारी निर्माण प्रक्रियामा डिजिटल प्रविधि सहायता गर्न सक्छ’ भन्ने थियो । 

पुल्चोकस्थित स्क्वायर होटलमा भएको कार्यशालामा विज्ञहरूले प्रस्तुत गरेका थिए । यस कार्यक्रममा अपर अरुण जलविद्युत योजनाको योजना प्रमुख, परामर्शदाता ट्ररयाक्टेल कम्पनी, नेपाल विम फोरमका अध्यक्ष, सल्लाहकार, निर्माण व्यवसाय महासंघका प्रतिनिधि, अन्तर्राष्ट्रिय स्तरका विम विज्ञहरूले समेत प्रस्तुतीकरण तथा मन्तव्य राखेका थिए । समग्र विमको प्रयोगबाट नेपालको जलविद्युत क्षेत्रमा कसरी प्रयोगमा ल्याउन सकिन्छ र कसरी फाइदा लिन सकिन्छ भनेर व्यापक बहस, प्रस्तुतीकरण तथा छलफल भएको थियो । 

डिजिटल प्रविधिको प्रयोग गर्न मुख्यतः माइन्डसेटमा परिवर्तन ल्याउन जरुरी देखिएको विज्ञ सुनिल सुवालले बताए । डिजिटल प्रविधि प्रयोग गरि लाइडर सर्भे, भवन निर्माणको डिजाइनमा विमको प्रयोग नेपालमा समेत भइरहेको नेपाल विम फोरम तथा विम सम्बन्धी कार्य गर्ने परामर्शदाताले प्रस्तुतीकरणमार्फत जानकारी गराएका थिए । 

विम तथा नविन प्रविधिको खोज अनुसन्धान, अध्ययन तथा प्रयोगमा सहयोग गर्न गैर नाफामुलक संस्था नेपाल विम फोरम संस्था सधैँ सहयोग गर्ने कुरा नेपाल विम फोरमका अध्यक्ष सङ्कल्प पोखरेलले प्रतिबद्धता जनाए । यसै गरि नेपाल जलविद्युत एसोसिएसन तथा विश्व बैंकको प्रतिनिधिले समेत डिजिटल प्रविधिको प्रयोग सम्बन्धी महत्वका मन्तव्य राखेका थिए । 

करिब डेढ सय हाराहारीमा विभिन्न क्षेत्रका इन्जिनियर, डेभलपर्स, परामर्शदाता, निर्माण क्षेत्रका सरोकारवाला संस्थाका प्रतिनिधि समेत कार्यक्रममा सहभागी भएका थिए । यस भन्दा अगाडी नेपाल विम फोरम तथा सहरी विकास तथा भवन निर्माण विभाग र ट्रिम्वल कनेक्टद्वारा पाँच वर्ष अगाडि पहिलो पटक डिजिटलाइजेशन इन नेपालको नारा सहित पहिलो सम्मेलन सपलतापूर्वक सम्पन्न भएको थियो । यस पटक गरिएको यो सम्मेलन दोस्रो प्रयास रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप