युनाइटेडलाई हराउँदै आर्सनल शीर्ष स्थानमा
सोमबार, ३१ वैशाख २०८१, ०६ : ११

ओल्ड ट्राफोर्ड । म्यानचेस्टर युनाइटेडलाई उसैको घरेलु मैदानमा हराउँदै आर्सनल प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ । योसँगै प्रिमियर लिगको उपाधि होड अन्तिम खेलसम्म पुग्ने निश्चित भएको छ ।
खेलमा लियान्ड्रो ट्रोसार्डले २० औँ मिनेटमा गरेको एक मात्र गोल निर्णायक बन्यो । खेलमा फर्कन युनाइटेडले धेरै प्रयास गरे पनि टोलीले आर्सनलका गोलकिपर डेभिड रायालाई धेरै दबाब दिनै सकेन ।
अब आर्सनलले मंगलबार हुने खेलमा टोटनह्याम हटस्पर्सले म्यानचेस्टर सिटीलाई हराओस् भन्ने प्रार्थना गर्नुपर्नेछ । अन्तिम खेलमा आर्सनलले घरेलु मैदानमा एभर्टनको आतिथ्य गर्नेछ भने सिटीले वेस्ट ह्यामसँग भिड्नेछ ।
३७ खेलबाट आर्सनलको ८६ अङ्क छ । एक खेल कम खेलेको सिटीको ८५ अङ्क रहेको छ । लिभरपुल ३६ खेलबाट ७८ अङ्क बटुल्दै तेस्रो स्थानमा सीमित रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोजगार श्रृङ्खलामा काम गर्ने प्रतिबद्धतासहित श्रममन्त्रीले दिए नयाँ वर्षको शुभकामना
-
१६ बैंकले ब्याजदर यथावत् राख्दा तीन बैंकले घटाए, एउटाको बढ्यो
-
च्यासलमा एमाले सचिवालय बैठक जारी
-
भारतमा लुक्दा प्रसाईंले भेटे हिन्दुवादी अगुवा र बाबा
-
कांग्रेसले महाधिवेशन गर्न नसक्ने भ्रातृ संस्थाबारे छलफलपछि मात्रै निर्णय लिने
-
निलम्बित न्यायाधीश भुवन गिरी कारागारबाट छुटे