स्रोत नखुलेको करिब सात लाख रकमसहित युवक पक्राउ
आइतबार, ३० वैशाख २०८१, २२ : ४९

जलेश्वर । महोत्तरीको मटिहानी जनकपुर सडकखण्डमा प्रहरीले स्रोत नखुलेको करिब सात लाख रकमसहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाको जनकपुर उपमहानगरपालिका–१ बस्ने २५ वर्षीय अनिस राइन रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले जानकारी दिए ।
भारतबाट प्र.२–०२–००४प ७१६७ नंको मोटरसाइकलमा चढी पिठ्यूँमा झोलामा बोकी मटिहानी हुँदै जनकपुरतिर जाँदै गरेको राइनलाई मटिहानी –७ स्थित पुल नजिकै खटिएको प्रहरीले शङ्का लागेर जाँच गर्दा उनको झोलाबाट स्रोत नखुलेको रु ६ लाख ६८ हजार पाँच सय बरामद गरेको हो ।
प्रहरीले राइनलाई मोटरसाइकलसहित आवश्यक कारबाहीका लागि जलेश्वर भन्सार कार्यालयमा पठाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईपीएल क्रिकेटमा रोयल च्यालेन्जर्सको लगातार दोस्रो जित, चेन्नईलाई चड्कन
-
उदण्ड प्रदर्शनका दोषीमाथि कानुनी कारबाही गर्न महासंघको माग
-
स्टुआर्ट बने नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक
-
१२ बजे, १२ समाचार : ज्ञानेन्द्र समर्थकको उद्दण्ड प्रदर्शनमा दुई जनाको मृत्युदेखि कर्फ्यू आदेश र सेना परिचालनसम्म
-
ज्ञानेन्द्र समर्थकको उद्दण्ड आन्दोलन : यस्तो छ तोडफोड, लुटपाट र आगजनीको विवरण
-
प्रभु साहले मागे प्रधानमन्त्री ओलीको राजीनामा