आइतबार, २० असोज २०८१
ताजा लोकप्रिय

‘ओलम्पिक छनोटमा सुखद नतिजा ल्याउँछौँ’

आइतबार, ३० वैशाख २०८१, २० : ४६
आइतबार, ३० वैशाख २०८१

काठमाडौँ । नेपालले पेरिस ओलम्पिक २०२४ का लागि टेबलटेनिसको दक्षिण एसियाली छनोटमा सुखद नतिजा ल्याउने लक्ष्य राखेको छ । आगामी मे १३ देखि २५ सम्म ओलम्पिकका लागि दक्षिण एसियाली छनोट नेपालमा हुँदैछ । 

सोही छनोटमा सुखद नतिजा ल्याउने नेपाली राष्ट्रिय टोलीका प्रशिक्षक मोहनदास बासुकलाले विश्वास व्यक्त गरेका छन् । नेपालबाट संयोग कपाली, स्यान्टु श्रेष्ठ, नविता श्रेष्ठ र इभाना थापाले चुनौती प्रस्तुत गर्दैछन् । दक्षिण एसियाली छनोटबाट समान १÷१ पुरुष र महिला खेलाडीले फ्रान्सको पेरिसमा हुने ओलम्पिकमा स्थान बनाउने छन् ।

प्रशिक्षक मोहनदासले आफ्नै घरेलु मैदानको फाइदा लिँदै राम्रो प्रदर्शन गर्दै क्वालिफाइङ हुने धेरै सम्भावना रहेको बताए । साथै उनले नेपालले दुई महिनादेखि तयारी गरिरहेको पनि उल्लेख गरे । पछिल्लो भेटमा हाल सहभागी टोलीविरुद्ध राम्रो प्रदर्शन रहेको उल्लेख गर्दै प्रशिक्षक मोहनदासले अनुभवी र क्षमतावान् युवा खेलाडीबाट धेरै आशा रहेको बताए ।

आगामी जुलाईदेखि फ्रान्सेली सहरमा ३३औँ गृष्मकालीन ओलम्पिकका लागि दक्षिण एसियाली छनोट प्रतियोगिता हुन लागेको हो । छनोट प्रतियोगितामा भारत र भुटानबाहेक नेपाल, बंगलादेश, माल्दिभ्स, पाकिस्तान र श्रीलंकाका खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । आयोजक अखिल नेपाल टेबल टेनिस संघका अनुसार विश्व वरीयताको शीर्ष आठमा भएकाले भारत छनोटमा सहभागी नहुने भएको हो । प्रतियोगिता प्रतियोगिता नकआउट पद्धतिमा हुनेछ ।

नेपाली राष्ट्रिय टोलीका कप्तान नविता श्रेष्ठले आफ्नो करियरमा पहिलोपटक ओलम्पिक छनोट खेल्न लागेको र त्यो पनि घरेलु मैदानमा खेल्नु सुखद रहेको बताइन् । साथै यो अवसरलाई आफ्नो टोलीले सदुपयोग गर्ने उनको विश्वास छ ।

छनोट प्रतियोगितामा हरेक देशबाट समान दुई पुरुष र महिलाले प्रतिस्पर्धा गर्नेछन् । नेपालबाट संयोग कपाली, स्यान्टु श्रेष्ठ, नविता श्रेष्ठ र इभाना थापाले चुनौती प्रस्तुत गर्नेछन् । नेपालमा पहिलोपटक टेबल टेनिसको ओलम्पिक छनोट आयोजना हुन लागेको हो । छनोट प्रतियोगिता लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा हुँदैछ । भारतको सहभागिता नहुँदा नेपाल यसको फाइदा उठाउन चाहन्छ । तर, श्रीलंकासँग भने नेपालको कडा प्रतिस्पर्धा हुने आशा गरिएको छ ।

बंगलादेशका प्रशिक्षकले सहभागी सबै टोलीका स्तर उस्तै रहेकाले छनोट हुने सम्भावना खुला रहेको धारणा राखे । पाकिस्तानले पनि सबै प्रतिस्पर्धी समान स्तरको रहेकाले छनोट हुने सम्भावना रहेको दोहोर्‍यायो । श्रीलंकाले भने यो अवसरका दक्षिण एसियाका हरेक टोली उत्साहित रहने उल्लेख गर्‍यो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप