मधेस प्रदेश सरकार एमाले नेतृत्वमा बन्ने सम्भावना छ : नेता यादव
काठमाडौँ । नेकपा(एमाले) मधेस प्रदेश सभाका संसदीय दलका नेता सरोजकुमार यादवले मधेस प्रदेश सरकार एमाले नेतृत्वमा बनाउने सम्भावना रहेको बताएका छन् ।
आइतबार मधेस प्रदेश सरकारलाई दिएको विश्वासको मत फिर्ता लिँदै सरकारबाट एमाले बाहिरिएसँगै सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै नेता यादवले प्रदेश सभाको सबैभन्दा ठुलो दल भएकाले एमाले नेतृत्वको सरकार बनाउने सम्भावना रहेको बताएका हुन् । उनले आफूहरूले दुई पटक अरूलाई मुख्यमन्त्री बनाएको भन्दै तेस्रो पटक भने आफूहरूकै नेतृत्वमा सरकार बन्न सक्ने बताए ।
नेता यादवले सरकार गठनका लागि अन्य राजनीतिक दलहरूसँग परामर्श गर्ने बताए । आफूहरूले बहुमत सिद्ध गर्न नसके वर्तमान सरकारकै निरन्तरता हुने उनको भनाई छ ।
उनले भने,‘माथिल्लो समीकरण आजबाट जसपा, नेपालले समर्थन फिर्ता लिने संकेत गरेकोले जसपा, नेपालले संकेत गरिसकेपछि हामी पनि यहाँ किन बसिराख्ने भनेर हो । माथिल्लो गठबन्धनमा उहाँहरू नबसेपछि यहाँ हामी उहाँहरूको गठबन्धनमा बस्नुपर्छ भन्ने जरुरी ठानेनौँ । बाँकी राजनीतिक दलहरूसँग परामर्श गर्छौ । नयाँ सरकार निर्माणको निम्ति गणपूरक सङ्ख्या हामीलाई पुगे हामीले सरकार निर्माण गर्ने हो । पुगेन भने यो सरकारको निरन्तरता चलिरहन्छ । उहाँहरूले बहुमत सिद्ध गरे उहाँहरू रहने हो । हामीले बहुमत सिद्ध गरे हामी रहने हो । मधेस प्रदेश सभामा एमाले सबैभन्दा ठुलो राजनीतिक दल भएको कारणले गर्दा दुईचोटी हामीले अरूलाई सहयोग ग¥यौँ । तेस्रो चोटी एमाले आफ्नै नेतृत्वमा बनाउन सक्ने सम्भावना छ ।’
नेता यादवले संघीय गठबन्धनबाट जनता समाजवादी पार्टी जसपा नेपाल बाहिरिने संकेत गरेपछि आफूहरूले प्रदेश सरकारलाई समर्थन दिइराख्न उचित नठानेको बताए । उनले प्रदेश सरकार पनि संघीय गठबन्धन अनुरूपको बनाउने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनीलाई मुक्तिनाथसँग जोड्यो कालीगण्डकी करिडोरले
-
दुर्गा प्रसाईंको बीएण्डसी मेडिकल कलेजमा एमबीबीएस पठनपाठनको तयारी
-
ब्राइटन, वुल्भ्स विजयी हुँदा एस्टन र क्रिस्टल, एभर्टन र ब्रेन्टफोर्डले अंक बाँडे
-
प्रिमियर लिग : आर्सनलको शानदार जित
-
लेस्टरलाई हराउँदै तेस्रो स्थानमा उक्लियो चेल्सी
-
प्रिमियर लिग : म्यान्चेस्टर सिटी ४-० ले पराजित, पेप ग्वार्डिवलालाई झट्का