'श्रीलङ्काको जिडिपी ३ प्रतिशतले वृद्धि हुन्छ'
आइतबार, ३० वैशाख २०८१, १७ : ५९

कोलम्बो । श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घेले आइतबार मुलुकको कूल गार्हस्थ्य उत्पादन (जिडिपी) सन् २०२५ मा बढेर तीन प्रतिशत पुग्ने बताएका छन् । उनले अर्को वर्ष सरकारी कर्मचारीको तलब वृद्धि गरिने बताए ।
कोलम्बोमा अन्तर्राष्ट्रिय नर्स दिवस समारोहमा उनले सरकारले देशको अर्थतन्त्रलाई द्रुत विकासतर्फ अघि बढाउन चारवटा प्रमुख कानुन पहिचान गरेको उल्लेख गरे ।
उनले केन्द्रीय बैंकलाई स्वायत्तता दिने पहिलो कानुन यसअघि नै बनेको जानकारी दिए । बाँकी कानुन सार्वजनिक ऋण व्यवस्थापन ऐन, सार्वजनिक वित्त ऐन र आर्थिक रूपान्तरण कानुन रहेको उनले बताए । -(रासस/सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सत्तारुढ दलको बैठक आज बस्ने, के छन् छलफलका एजेन्डा ?
-
भौतिक मन्त्रालयको आगामी बजेट : नयाँ आयोजना नराख्ने, कति पाए फास्ट ट्र्याक र रेलले ?
-
पहलगाम हमला : अनुत्तरित छन् यी ३ प्रश्न
-
तेस्रो राष्ट्रिय निर्धारित योगदान कार्यान्वयनका लागि दाताकै भर
-
बङ्गालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको प्रभाव नेपालमा, आज कहाँ-कहाँ हुन्छ वर्षा ?
-
सर्लाहीमा बढेन चैते धानको खेती