मधेस प्रदेश
एमालेले पनि लियो मधेस सरकारलाई दिएको समर्थन फिर्ता
आइतबार, ३० वैशाख २०८१, १७ : ४६
धनुषा । नेकपा एमालेले मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । आइतबार सो पार्टीका ६ जना मन्त्रीले राजीनामा दिएलगत्तै मुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो ।
मधेस प्रदेशका संसदीय दलका नेता सरोजकुमार यादवले प्रदेश कार्यालयको नाममा पत्र लेख्दै सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी दिएका छन् ।
मुख्यमन्त्री यादवलाई संविधानको धारा १६८ अनुसार समर्थन रहेकोमा आजको मितिले समर्थन फिर्ता लिइएको प्रदेश प्रमुखको कार्यालयलाई लेखिएको पत्रमा उल्लेख छ । यसअघि नेकपा माओवादी केन्द्रले पनि मधेस प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२२ वर्षीय युवक : अनलाइन मार्फत ठगेर काठमाडौँमा घर, बैंकमा ४ करोड ब्यालेन्स
-
सभामुखले बोलाए प्रमुख दलका मुख्य सचेतकलाई छलफलमा
-
लुम्बिनी प्रदेश सभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
राजदूत यादवद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत
-
वर्षा कुँवरले जितिन् ‘मिसेस ब्युटी क्विन नेपाल २०२५’को ताज
-
चार संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची