मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय
मधेस प्रदेश

एमालेले पनि लियो मधेस सरकारलाई दिएको समर्थन फिर्ता

आइतबार, ३० वैशाख २०८१, १७ : ४६
आइतबार, ३० वैशाख २०८१

धनुषा । नेकपा एमालेले मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । आइतबार सो पार्टीका ६ जना मन्त्रीले राजीनामा दिएलगत्तै मुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो । 

मधेस प्रदेशका संसदीय दलका नेता सरोजकुमार यादवले प्रदेश कार्यालयको नाममा पत्र लेख्दै सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी दिएका छन् ।

मुख्यमन्त्री यादवलाई संविधानको धारा १६८ अनुसार समर्थन रहेकोमा आजको मितिले समर्थन फिर्ता लिइएको प्रदेश प्रमुखको कार्यालयलाई लेखिएको पत्रमा उल्लेख छ । यसअघि नेकपा माओवादी केन्द्रले पनि मधेस प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ ।

uml-madhes

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप