‘कमेडी दरबार’ असार १४ बाट प्रसारणमा आउने

काठमाडौँ । टेलिभिजन कमेडी शो ‘कमेडी दरबार’ आगामी असार १४ गतेबाट प्रसारणमा आउने भएको छ । बिक्की अग्रवाल र श्रद्धा प्रसाईँले निर्देशन गर्ने यो शो प्राइम टाइम टेलिभिजनमा हरेक शुक्रबार ९ बजे र ओएसआर डिजिटलबाट प्रसारण हुने बताइएको छ ।
आइतबार राजधानीमा आयोजित प्रेस मिटमा फर्स्टलुक टिजर सार्वजनिक गरियो । जसमा कमेडी दरबारका कलाकारहरूको लुक्स सार्वजनिक गरिएको थियो । कार्यक्रममा चलचित्र निर्देशक तथा कलाकार दीपाश्री निरौला, कमेडी च्याम्पियनका निर्देशक विशाल भण्डारी, प्राइम टाइम टेलिभिजनका सञ्चालक ऋषि धमला लगायतले कमेडी दरबारलाई शुभकामना दिएका थिए । कमेडीको विधामा अर्को नयाँ शो थपिदा आफूलाई निकै खुसी लागेको कलाकार दीपाश्रीले बताइन् ।
यस्तै विशाल भण्डारीले आफूहरूसँगै काम गरेका साथीहरूले नयाँ शो ल्याउँदा सबैभन्दा खुसी आफूलाई लागेको भन्दै शुभकामना दिए । पत्रकार ऋषि धमलाले ‘कमेडी दरबार’ लाई प्राइम टेलिभिजनबाट प्रसारण गर्न पाउनु आफ्नो लागी खुसीको कुरा भएको बताए । कार्यक्रममा प्राइम टाइम टेलिभिजनका सीईओ विकास लामिछाने, प्रबन्ध निर्देशक एलिजा गौतम, ओएसआर डिजिटलका ओम अग्रवाल, सुमित्रा थापाको पनि उपस्थिति थियो ।
कमेडी दरबारका कलाकार मध्येकी एक अभिनेत्री गौरी मल्ल महारानीको भूमिकामा देखिँदै छिन् । उनले कमेडीको क्षेत्रमा नयाँ सोच भएका युवाहरूसँग काम गर्न पाउँदा खुसी लागेको बताइन् । उनीसँगै अभिनेता विजय बराल, अभिनेत्री नम्रता सापकोटा, नम्रता श्रेष्ठ, मिस पबीसँगै कमेडीयनहरु हिमेश पन्त, पवन खतिवडा, उत्सव सापकोटा, सुन्दर खनाल लगायतले आफ्नो भूमिकाबारे जानकारी गराएका थिए । उक्त शोका लागि कलाकार व्यवस्थापन तथा मिडिया संयोजनको भूमिकामा गोपिकृष्ण चापागाईं छन् । शोको क्रियटिभ प्रमुखमा विकास अर्याल रहेका छन् भने प्रोडक्सनमा आयुष लुईटेल छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायलले वेस्ट बैंकका तीन शरणार्थी शिविर खाली गरायो
-
विभागले खाद्य नियमावलीको मस्यौदा तयार गर्ने
-
दुध ढुवानीमा समस्या देखिएको भन्दै संघद्वारा सहज आवागमनको माग
-
नेपाली जनप्रगतिशील मञ्च बहराइनको १५औं स्थापना दिवस सम्पन्न
-
शहरी र फोहोरमैला व्यवस्थापन राष्ट्रिय नीति कार्यान्वयनमा संघ, प्रदेश र स्थानीय तहले समन्वय गर्ने
-
पृथ्वीसँग ठोक्किने छुद्रग्रहका कुरा