मधेश प्रदेश
मधेसमा एमालेका मन्त्रीले दिए राजीनामा
आइतबार, ३० वैशाख २०८१, १७ : २५
![मधेसमा एमालेका मन्त्रीले दिए राजीनामा](https://npcdn.ratopati.com/media/news/cm-office-madhes_mwDWnBc2D1.jpg)
धनुषा । नेकपा एमाले मधेस सरकारबाट बाहिरिएको छ। एमालेबाट मन्त्री र राज्यमन्त्री बनेका ६ जनाले आइतबार पदबाट राजीनामा दिएका छन् ।
एमालेका मन्त्रीहरुले मुख्यमन्त्री सरोज कुमार यादवलाई राजीनामा पत्र हस्तान्तरण गरिसकेका छन् । राजीनामा दिनेहरुमा सरोज कुमार यादव, राजकुमार लेखी, सत्रुधन सिंह, प्रमोद कुमार जयसवाल, केशव राय र शारदा थापा रहेका छन् ।
राय र थापा राज्यमन्त्री हुन् भने अरु चार जना मन्त्री हुन् । आजै एमालेले सरकारलाई दिँदै आएको समर्थन पनि फिर्ता लिने बताइएको छ । जसपा नेपाल नेतृत्वको सरकार ढाल्ने योजनाअनुसार माओवादी केन्द्रले पनि समर्थन फिर्ता लिइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइतीघरमा आन्दोलनरत स्वर्गद्वारी गुठी पीडित किसानलाई सरकारद्वारा वार्ताको लागि आह्वान
-
१२ बजे, १२ समाचार : पूर्व राष्ट्रपति भण्डारीलाई बाटो खुल्योदेखि बागमतीका ८ सहकारीको छानविनमा सीआईबीलाई निम्तोसम्म
-
रुकुम पूर्वमा तीन जनाको शव फेला
-
१० बजे १० समाचार : विद्यालाई बाटो खुला, बलात्कार आरोपीलाई उन्मुक्ति
-
ढल्कुबाट लागुऔषध एम्फेटामाइन आइससहित दुईजना पक्राउ
-
सामाजिक सञ्जालसम्बन्धी विधेयक जसरी पनि संसदबाट पास गर्छौं : सञ्चारमन्त्री