मधेश प्रदेश
माओवादीद्वारा मधेश सरकारलाई दिएको समर्थन फिर्ता
आइतबार, ३० वैशाख २०८१, १७ : ०३

वीरगन्ज । नेकपा माओवादी केन्द्रले मधेश प्रदेश सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ । माओवादी केन्द्रका मन्त्रीहरूले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राजीनामा बुझाएलगत्तै माओवादी केन्द्रले प्रदेश प्रमुखको कार्यालयमा समर्थन फिर्ता लिएको पत्र पठाएको छ ।
माओवादी संसदीय दलका नेता भरत साहले प्रदेश प्रमुखको नाममा पत्र लेख्दै मुख्यमन्त्री यादव नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी गराएका छन् ।
माओवादी केन्द्रले नेपालको संविधानको धारा १६८ अनुसार दिएको समर्थन आजैका मितिदेखि फिर्ता लिइएको प्रदेश प्रमुखको कार्यालयको नाममा लेखेको पत्रमा उल्लेख छ ।
केहीबेर अगाडि मात्रै माओवादीबाट सरकारमा सहभागी दुई मन्त्रीहरूले मुख्यमन्त्रीलाई राजीनामा बुझाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरायो चेन्नईको चमक, लगातार चौथो हार
-
पर्यटकीय क्षेत्र नरसिंहकोट जोड्न पदमार्ग निर्माण
-
१२ बजे, १२ समाचार : अछाममा आगलागी हुँदा सात पसल पूर्णरूपमा जलेदेखि ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञले दिए राजीनामासम्म
-
पर्वतीय पथप्रदर्शकलाई ‘हाई माउन्टेन रेस्क्यु’ तालिम
-
सामरी खोलामा मापदण्डविपरीत उत्खनन, हेरेर फर्कियो जिसस
-
ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञ अधिकारीले दिए राजीनामा