मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय
मधेश प्रदेश

माओवादीद्वारा मधेश सरकारलाई दिएको समर्थन फिर्ता

आइतबार, ३० वैशाख २०८१, १७ : ०३
आइतबार, ३० वैशाख २०८१

वीरगन्ज । नेकपा माओवादी केन्द्रले मधेश प्रदेश सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ । माओवादी केन्द्रका मन्त्रीहरूले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राजीनामा बुझाएलगत्तै माओवादी केन्द्रले प्रदेश प्रमुखको कार्यालयमा समर्थन फिर्ता लिएको पत्र पठाएको छ ।

माओवादी संसदीय दलका नेता भरत साहले प्रदेश प्रमुखको नाममा पत्र लेख्दै मुख्यमन्त्री यादव नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी गराएका छन् ।

माओवादी केन्द्रले नेपालको संविधानको धारा १६८ अनुसार दिएको समर्थन आजैका मितिदेखि फिर्ता लिइएको प्रदेश प्रमुखको कार्यालयको नाममा लेखेको पत्रमा उल्लेख छ ।

केहीबेर अगाडि मात्रै माओवादीबाट सरकारमा सहभागी दुई मन्त्रीहरूले मुख्यमन्त्रीलाई राजीनामा बुझाएका थिए । 

samrthan firta

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप