कांग्रेसले ‘आत्महत्या’ गर्छु भनेपनि समिति गठन हुँदैन : एमाले

काठमाडौँ । संसद्को अवरोध खुलाउने प्रयासस्वरुप सभामुख देवराज घिमिरेले बोलाएको प्रमुख सचेतकहरुसँगको बैठकमा पनि सत्तापक्ष र प्रतिपक्ष अडानबाट टसमस नभएपछि विना निष्कर्ष सकिएको छ ।
आइतबार सिंहदरबारमा भएको छलफलमा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा संसदीय समिति गठनको माग दोहोर्याएको थियो भने सत्तापक्षले कांग्रेसको माग कुनै हालतमा पुरा नहुने जवाफ दिएको थियो ।
‘प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले उठाएको विषय कानुनसम्मत छैन । कांग्रेसले समितिका नाममा सरकार माग गरेको हो’, एमाले प्रमुख सचेतक महेश बर्तौलाले सभामुखसँगको छलफलपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै भने, ‘यो माग पुरा गर्न असम्भव छ ।’
उनले नेपाली कांग्रेसले आत्महत्या नै गर्छु भनेपनि माग पुराहुनेवाला नभएको भन्दै कांग्रेसको मागअनुसार गए सहकारी पीडितले न्यायसमेत नपाउने दाबी गरे ।
उनले नीति तथा कार्यक्रम प्रस्तुत गर्न राष्ट्रपतिले मंगलबार संसद्का दुवै सदनको बैठक बोलाएको भन्दै त्यो बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत हुने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘अस्पतालमा विशेषज्ञ चिकित्सक व्यवस्थापनमा सरकारले पहल गर्ने’
-
म्यान्मामा एक हप्तामा ८१ वटा परकम्प
-
१० बजे १० समाचार : ओली र मोदीको अठोटदेखि जनयात्रामा अन्तिम इच्छाको चर्चा
-
पाथीभरामा आज सात हजार बढी दर्शनार्थी
-
राजनीतिक र नीतिगत स्थायित्वका लागि प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीमा जानुपर्नेमा विज्ञहरुको जोड
-
अर्थतन्त्र विकासका लागि सरकारले जोखिम उठाउनैपर्छ – गगन थापा