जसपा विभाजन
लुम्बिनीका दुई सांसद जसपामा खुले
आइतबार, ३० वैशाख २०८१, १५ : ३७

बुटवल । लुम्बिनी प्रदेशसभाका दुई सांसद अशोक राई नेतृत्वमा नवगठित जनता समाजवादी पार्टी (जसपा)मा खुलेका छन् । प्रदेशसभा सदस्यहरू आदेश कुमार अग्रवाल र भण्डारीलाल अहिर यादवले लुम्बिनी प्रदेश निर्वाचन कार्यालयमा गई जसपाको पक्षमा सनाखत गरेका हुन् ।
दुवै जना बाँके क्षेत्र नं। २ को १ र २ बाट प्रदेशसभा सदस्यमा निर्वाचित सांसद हुन् ।
अहिर लुम्बिनी प्रदेशको कृषि मन्त्री समेत रहेका छन् ।
लुम्बिनी प्रदेशमा ३ जना सांसद रहेकोमा अव उपेन्द्र यादव तिर समानुपातिक सांसद अम्बिका काफ्ले मात्रै रहेको जसपा लुम्बिनी प्रदेश अध्यक्ष अशोक यादवले रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यायाधीशद्वय चुडाल र पाण्डेयको इजलासमा कुलमान र हितेन्द्रको मात्रै पेसी
-
प्रधानमन्त्री ओली र थाइल्याण्डका प्रधानमन्त्री पे थोङ् थान् शिनावातबिच भेटवार्ता
-
‘माइतीघर–बानेश्वरमा दैनिक आन्दोलन गरेर सिंहदरबारको सातो उडाउँछौँ’ (भिडियोसहित)
-
बागमती प्रदेशसभाको बैठक बस्दै
-
सम्झौता भएको पाँच वर्षमा पनि पुल निर्माण थालिएन
-
साबिक विजेता लेभरकुजेनलाई स्तब्ध पार्दै फाइनलमा पुग्यो तेस्रो श्रेणीको क्लब आर्मिनिया