बुधबार, १२ मङ्सिर २०८१
ताजा लोकप्रिय
जसपा विभाजन

लुम्बिनीका दुई सांसद जसपामा खुले

आइतबार, ३० वैशाख २०८१, १५ : ३७
आइतबार, ३० वैशाख २०८१

बुटवल । लुम्बिनी प्रदेशसभाका दुई सांसद अशोक राई नेतृत्वमा नवगठित जनता समाजवादी पार्टी (जसपा)मा खुलेका छन् । प्रदेशसभा सदस्यहरू आदेश कुमार अग्रवाल र भण्डारीलाल अहिर यादवले लुम्बिनी प्रदेश निर्वाचन कार्यालयमा गई जसपाको पक्षमा सनाखत गरेका हुन् ।

दुवै जना बाँके क्षेत्र नं। २ को १ र २ बाट प्रदेशसभा सदस्यमा निर्वाचित सांसद हुन् । 

अहिर लुम्बिनी प्रदेशको कृषि मन्त्री समेत रहेका छन् ।

लुम्बिनी प्रदेशमा ३ जना सांसद रहेकोमा अव उपेन्द्र यादव तिर समानुपातिक सांसद अम्बिका  काफ्ले मात्रै रहेको जसपा लुम्बिनी प्रदेश अध्यक्ष अशोक यादवले रातोपाटीलाई बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप