प्रदेश
मधेस प्रदेश सरकारबाट एमाले पनि बाहिरिने
आइतबार, ३० वैशाख २०८१, १५ : २८
काठमाडौँ । मधेस प्रदेश सरकारबाट नेकपा एमाले पनि बाहिरिने भएको छ । त्यसका लागि अहिले जनकपुरमा एमाले मधेस प्रदेश संसदीय दलको पदाधिकारी बैठक बसिरहेको छ ।
एमाले मधेस प्रदेश संसदीय दलका नेता सरोजकुमार यादवले दलको पदाधिकारी बैठक बसेर औपचारिक निर्णय गर्ने जानकारी दिए ।
‘हामी अहिले दलको पदाधिकारी बैठक बसिरहेका छौ । बैठकबाट औपचारिक निर्णय गर्छौ’, यादवले रातोपाटीसँग भने, ‘सरकारमा नबस्ने भएपछि समर्थन कायम राख्ने कुरा पनि हुँदैन ।’
यसअघि माओवादी केन्द्रले पनि समर्थन फिर्ता लिने निर्णय गरिसकेको छ । मधेस प्रदेशमा जसपा नेपालका मुख्यमन्त्री छन् । एमाले र माओवादी दुवै सरकारबाट बाहिरिए मधेस प्रदेशमा जसपा नेपालको सरकार ढल्ने निश्चित छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागू औषध कारोबारीलाई पक्राउ गर्न प्रहरीले चलायो गोली
-
सत्तापक्ष र प्रतिपक्षबिच भयो सहमति, बागमती प्रदेश सभा सञ्चालन हुने
-
पूर्ण भयो न्याय परिषद्, सुरु होला न्यायाधीश नियुक्ति ?
-
प्रदेशको औचित्य प्रमाणित गर्न अझै कसरत गरौँ : प्रदेश प्रमुख भट्ट
-
पाकुच्चाको सागमा विषादी
-
विधानमा भएको त्रुटि नसच्याइए सबै कार्यक्रम बहिस्कार गर्ने अखिल क्रान्तिकारी प्रदेश अध्यक्षहरूको चेतावनी