अल्लु अर्जुनमाथि फौजदारी मुद्दा दर्ता

नयाँ दिल्ली । दक्षिण भारतीय अभिनेता अल्लु अर्जुनमाथि फौजदारी मुद्दा दायर भएको छ ।
आफ्ना निकट मित्र र वाईएसआरसीपीका विधायक रवि चन्द्र किशोर रेड्डीको लागि चुनावी प्रचारप्रसार गर्दा उनीमाथि मुद्दा लागको हो । अल्लु लोकसभाको निर्वाचनको प्रचारप्रसार गर्न नन्दयाल पुगेका थिए ।
रवि चन्द्राको आवासमा अभिनेतालाई हेर्नेको घुइँचो थियो । फ्यानहरुको भीड यति धेरै थियो कि शान्ति व्यवस्था कायम गर्न अप्ठ्यारो भयो भने ट्राफिक जाम पनि भयो । यसका कारण सर्वसाधारणले निकै सास्ती भोग्नु पर्यो ।
सञ्चार माध्यमहरूमा छापिएका खबरका अनुसार अभिनेता अल्लु अर्जुन र रवि चन्द्र किशोर रेड्डीको टोलीले चुनाव प्रचारप्रसारका लागि कुनै अनुमति लिएका थिएनन् । त्यसैले दुबैमाथि आईपीसीको धारा १८८ अनुसार मुद्दा दायर गरिएको छ ।
चुनाव प्रचारप्रसारमा अल्लु अर्जुनसँगै उनकी श्रीमती स्नेहा पनि थिइन् । ठुलो भीडका कारण मामिला अनियन्त्रित बनेपछि मुद्दा दर्ता भएको बताइएको छ । हाल यस सम्बन्धमा थप जानकारी प्राप्त भएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्य मन्त्रालयले भन्यो– औषधि लिमिटेड खरिद प्रक्रियामा समावेश नभएकाले खरिद रोकियो
-
सेयर बजार लगातार वृद्धि, कारोबार रकम १० अर्ब नाघ्यो
-
पूर्वपर्यटन मन्त्री प्रेम आलेमाथि अख्तियारले थाल्यो छानबिन
-
वैशाख ७ गते निषेधित क्षेत्रमा प्रदर्शन गर्ने राप्रपाको निर्णय
-
रास्वपाको केन्द्रीय समिति बैठक वनस्थलीमा जारी
-
तनहुँमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु