संसद्को गतिरोधबारे राष्ट्रपति र प्रधानमन्त्री छलफल

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् । शीतल निवासमा भएको भेटवार्ता भर्खरै सकिएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले रातोपाटीलाई जानकारी दिए ।
राष्ट्रपति र प्रधानमन्त्रीबीच एक्ला एक्लै छलफल भएको हो । भेटमा संसद्को गतिरोधलगायतका समसामयिक राजनीतिबारे कुरा भएको बुझिएको छ । राष्ट्रपति पौडेलले जेठ १ गते सङ्घीय संसद्को संयुक्त बैठकमा सरकारका नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची छ ।
प्रधानमन्त्रीले आइतबार नै नेपाली कांग्रेसका शीर्ष नेतासँग परामर्श गरेका थिए । प्रमुख प्रतिपक्षी कांग्रेसले सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएको भन्दै संसदीय छानबिन समिति गठन नगरे सदन चल्न नदिने चेतावनी दिँदै आएको छ ।
प्रचण्डले मंगलवार प्रतिनिधिसभा बैठकमा सरकारको नीति तथा कार्यक्रम वाचनका लागि राष्ट्रपतिलाई औपचारिक आग्रह गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पिकअप भ्यान पल्टिंदा दुई जनाको मृत्यु, २२ जना घाइते
-
चीनमाथि थप ५० प्रतिशत अतिरिक्त भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
निर्माणाधीन एसियाली राजमार्गले निम्त्याएको प्रदूषण नियन्त्रण गर्न स्थानीयको माग
-
सञ्चारकर्मी तथा गीतकार राधिकाको ‘फूल फूल्यो फक्रियो’ सार्वजनिक
-
आईपीएलमा मुम्बई इन्डियन्सको चौथो हार, बैंग्लुरु तेस्रो स्थानमा यथावत
-
डढेलोले सखाप हुँदै जङ्गल