क्लाउड डेटा कति सुरक्षित ?

क्यालिफोर्निया । विश्वभर गुगलको प्रयोग गर्नेको सङ्ख्या करोडौँ छ । गुगलले आफ्ना प्रयोगकर्तालाई कयौँखाले सुविधा दिइरहेको छ । यसमा गुगल ड्राइभ पनि एउटा हो । तर यस्ता सेवाका कारण कहिलेकाहिँ हामीले समस्या पनि भोग्छौँ । अमेरिकाका के रेनी नाम गरेका लेखकलाई पनि यस्तै भयो । गुगल ड्राइभमा आफैँले सेभ गरेर राखेको लाखौँ शब्दका कन्टेन्टहरूमा रेनीले पहुँच नै पाएनन् ।
लेखकको कन्टेन्टलाई गुगलले अनुपयुक्त बताएपछि रेनीले गुगल ड्राइभमा सेभ गरेर राखेका २ लाख २२ हजार शब्दमा पहुँच गुमाए । समाचारका अनुसार ती लेखकको कन्टेन्टलाई गुगलले यही मार्च २४ मा अनुचित घोषित गरेको थियो । सो घोषणा लगत्तै उनले गुगल ड्राइभमा पहुँच गुमाए । लेखकले एकै पटकमा १० फरक फरक काम गरिरहेका थिए । ती सबै फाइललाई उनले फरक फरक फाइल र फोल्डरमा गुगल ड्राइभमा सेभ गरेर राखेका थिए । गुगलको कारबाहीपछि ड्राइभमा राखिएको कन्टेन्ट फ्रिज भयो । फोन वा ट्याब्लेटबाट कन्टेन्ट हेर्न पाएनन् ।
लेखकले गुगल ड्राइभको नियम उल्लङ्घन गरेको चेतावनी कम्पनीले उनलाई कहिले पनि नदिएको दाबी खबरमा गरिएको छ । गुगल ड्राइभले कुनै खाले हिंसा वा बाल यौन विषयवस्तुहरूलाई निषेध गर्दछ । त्यस्ता सामाग्री भएमा गुगलले प्रयोगकर्तालाई चेतावनी पनि दिने गरेको छ । प्रयोगकर्ताले आफ्नो सामग्री सही छ भनेर अपिल वा अनुरोध गर्न सक्छ । के रेनीले गुगलमा राखेका कन्टेन्टमा कुनै प्राविधिक त्रुटि फेला नपारिएको समाचारको दाबी छ । तर गुगलले सिधै कन्टेन्टलाई अनुपयुक्त घोषित गरिदियो ।
गुगल ड्राइभमा सुरक्षित छ डेटा ?
यस प्रकारको समस्या गुगल ड्राइभमा पहिले पनि देखिएको थियो । त्यसैले डेटा भण्डारण गर्न युजरहरू एउटै क्लाउड सेवामा निर्भर नहुनु वेश हुन्छ । तपाईँले आफ्ना सबै महत्त्वपूर्ण फाइलहरू एउटै ठाउँमा राख्ने गर्नु भएको छ भने भविष्यमा तपाईँलाई पनि यो समस्या आउन सक्छ ।
आफ्ना महत्त्वपूर्ण डेटा गुमाउन सक्नु हुन्छ । यस्तो अवस्थामा एउटै क्लाउड सेवामा भर नपरेर धेरैमा डेटा सेभ गर्नु उचित देखिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईयूको नयाँ नीति : सात देश ‘सुरक्षित’ घोषित, शरण प्रक्रियामा कडाइ
-
७५ जना सईलाई वरिष्ठ सईमा बढुवा गर्न सिफारिस
-
कोरला नाकाबाट धार्मिक तथा पर्यटकीय गन्तव्यको बृहत्त सरसफाइ अभियान शुभारम्भ
-
युरेनियम प्रशोधन हाम्रो अधिकार हो, सम्झौताको विषय होइन : इरान
-
अन्तर्राष्ट्रिय सेफ सोसाइटीले भृकुटीमण्डपमा फुड फेस्टिभल गर्दै
-
नगर कार्यपालिकाको निर्णयअनुसार तत्काल शिक्षक दरबन्दी मिलान नगर्नु : उच्च अदालत दिपायल