बिहीबार, ११ पुस २०८१
ताजा लोकप्रिय
राष्ट्र बैंकको रिपोर्ट

९ महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक (पूर्णपाठसहित)

आइतबार, ३० वैशाख २०८१, १४ : १७
आइतबार, ३० वैशाख २०८१

काठमाडौँ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको ९ महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी प्रतिवेदन सार्वजनिक गरेको छ । बैंकको आर्थिक अनुसन्धान विभागले आइतबार जारी गरेको प्रतिवेदनअनुसार वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ४.६१ प्रतिशत रहेको छ ।

यस्तै आयात २.८ प्रतिशत, निर्यात ३.७ प्रतिशत र कुल वस्तु व्यापार घाटा २.८ प्रतिशतले घटेको बैंकले जनाएको छ । यसैगरी विप्रेषण (रेमिटेन्स) आप्रवाह नेपाली रुपैयाँमा १९.८ प्रतिशतले र अमेरिकी डलरमा १७.७ प्रतिशतले बढेको छ भने शोधनान्तर स्थिति रु.३६५ अर्ब १६ करोडले बचतमा रहेको छ । 

बैंकका अनुसार कुल विदेशी विनिमय सञ्चिति रु.१९११ अर्ब ८६ करोड र अमेरिकी डलरमा १४ अर्ब ३६ करोड रहेको छ भने  नेपाल सरकारको खर्च रु.९०९ अर्ब ३९ करोड र राजस्व परिचालन रु.७४८ अर्ब ४ करोड रहेको छ ।

यस्तै बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ७.२ प्रतिशतले बढेको पनि बैंकले जनाएको छ । जसमा निजी क्षेत्रमा प्रवाहित कर्जा ४.६ प्रतिशतले बढेको छ भने वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर १२.५ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ४.९ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप