अदालत
विकल पौडेललाई १० दिन थुनामा राख्न विशेष अदालतको अनुमति
आइतबार, ३० वैशाख २०८१, १४ : ०५

काठमाडौँ । विशेष अदालत काठमाडौँले सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेललाई थप १० दिन थुनामा राख्न अनुमति दिएको छ।
विशेषले आइतबार गैर कानुनी सम्पत्ति आर्जनको मुद्दामा अनुसन्धानका लागि उक्त म्याद दिएको हो । उनी अब थप १० दिन अख्तियारको हिरासतमा रहने भएका छन् । उनी विरुद्ध एउटा मुद्दा विशेष अदालतमै विचाराधीन छ भने दोस्रो मुद्दाको तयारी अन्तिम चरणमा अख्तियार रहेको छ।
यसअघि नै अख्तियारले उनी विरुद्ध आफ्नो ओहोदा ढाँटेर सार्वजनिक पद लिएको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरिसकेको छ । अमेरिकाको पीआर लिइसकेपछि नेपालको सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक बनेको भन्दै अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुस नजाने भए मोदी
-
ट्रम्पको ठट्टा : पोप बन्न चाहन्छु
-
रेशमलाई भेटेपछि सीकेले भने, ‘एकीकरणकै दिन किन पक्राउ गरियो ? यो धेरै ठुलो प्रश्न हो’
-
कृषि क्षेत्रको वृद्धिदर ३.२८ प्रतिशत हुने प्रारम्भिक अनुमान
-
प्रधानमन्त्री ओलीको टिप्पणी– लभ गर्न पनि नपाइने भयो कि क्या हो !
-
रेशमलाई पक्राउ गर्न पठाइएको पत्रबारे विवाद, छलफल गर्न सर्वोच्चमा बैठक