बिग बोस फेम अब्दू रोजिकले गरे इन्गेजमेन्ट
![बिग बोस फेम अब्दू रोजिकले गरे इन्गेजमेन्ट](https://npcdn.ratopati.com/media/news/capture1_yqg25Jho2e.jpg)
नयाँ दिल्ली । बिग बोस फेम अब्दु रोजिकले इन्गेजमेन्ट गरेका छन् । अब्दुले शुक्रबार राति सामाजिक सञ्जालमा दुईवटा पोस्ट सेयर गर्दै आफूले इन्गेजमेन्ट गरेको घोषणा गरेका थिए ।
मंगेतर अमिराको साथमा तस्बिर शेयर गर्दै उनले आफ्नो प्रेमकथा पनि भनेका थिए । आफूले प्रेम विवाह गर्न लागेको अब्दूले बताएका छन् । अमिरा र उनको विगत चार महिनादेखि चिनजान भएको बताइएको छ । आफूहरूले जुलाई ७ मा विवाह गर्ने र आफ्नो बिहेमा सलमान खान पनि आउने बताइएको छ ।
अब्दुले सामाजिक सञ्जालमा एउटा भिडियो सेयर गरेका छन् । भिडियोमा उनी निकै खुसी देखिन्छन् । भिडियोमा आफूले इन्गेजमेन्ट गर्न लागेको उनले बताएका थिए । त्यसको एक दिनपछि शनिबार अब्दुले आफ्नो इन्गेजमेन्ट समारोहका दुई तस्बिर सेयर गरेका थिए । यी तस्बिरहरूमा अब्दु परम्परागत पोसाकमा अमिरासँग औंठी साटिरहेका देखिन्छन् ।
अमिराले शारजाहबाट बिजनेस एडमिनिस्ट्रेशन पढिरहेकी अब्दूले बताएका छन् । अमिरा र आफ्नो बिहे जुलाई ७ मा दुबईमा हुने अब्दूले बताए । यो विवाह समारोहमा सलमान खानसहित धेरै ठुला सेलिब्रेटीहरु सहभागी हुने बताइएको छ । सलमानले पनि आफूलाई फोन गरेर बधाई दिएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बराबरीमा टुंगियो मड्रिड डर्बी, एम्बाप्पेले जोगाए रियालको इज्जत
-
अमेरिकी डलरसहित विदेशी मुद्रा कसको मूल्य कति ?
-
जर्मन बुण्डेस लिगामा शीर्ष क्लबलाई धक्का
-
इटालियन सिरी’एमा एटलान्टाको फराकिलो जित, रेटेगुई एक्लैले गरे ४ गोल
-
खानेपानी मन्त्रालय आगलागी : ‘महत्त्वपूर्ण कागजातमा क्षति भएको छैन’
-
सल्यानको श्रीनगर महोत्सव आयोजनास्थलमा आगलागी