घरजग्गा कारोबार कम्पनीमार्फत गर्नुपर्छ : अध्यक्ष लोहनी
काठमाडौँ । नेपाल घर जग्गा तथा आवासीय विकास महासंघका अध्यक्ष भेषराज लोहनीले घरजग्गा व्यवसायीहरूले व्यक्तिगत कारोबार भन्दा पनि कम्पनीमार्फत गर्न आवश्यक रहेको बताएका छन् । कास्की घरजग्गा तथा आवासीय विकास सङ्घको वार्षिक साधारण सभामा बोल्दै यस्तो बताएका हुन् ।
उनले व्यक्तिगत रूपमा घरजग्गाको कारोबार गर्दा घरजग्गा व्यवसायीहरूलाई हेर्ने दृष्टिकोण नकारात्मक भएको भन्दै संयुक्त कम्पनीमार्फत ठुला आयोजनाहरूमा काम गर्ने वातावरण व्यवसायीहरूले बनाउन आवश्यक देखिएको उल्लेख गरे । उनले सरकारले व्यवस्थित र पारदर्शी घरजग्गा कारोबार बनाउनको लागि ल्यान्ड पुलिङको ढोका खोल्न आवश्यक रहेको बताए ।
उनले ७५३ स्थानीय तहमा ल्यान्ड उपभोग नीति लागू भएकाले त्यहीअनुसार स्थानीय तहहरूले पनि सहर बनाउने गुरुयोजना बनाउनुपर्ने बताए । उनले स्थानीय तहहरूले बनाएको योजनामा निजी क्षेत्रले कम्पनीमार्फत काम गर्दा व्यवस्थित सहर बनाउन सकिने बताए । उनले अब साना व्यवसायीहरू मिलेर कम्पनी बनाउने र कम्पनीहरू पनि मर्ज भएर ठुलो पुँजी भएका कम्पनी बनाएर ठुला आयोजनाहरूमा काम गर्न आवश्यक भएको बताए ।
उनले भने, ‘ल्यान्ड पुलिङ सरकारले निजी क्षेत्रको लागि ढोका खोल्नुपर्छ । सरकारले ७५३ स्थानीय तहमा ल्यान्ड उपभोग पोलिसी लागू भइसकेको छ । उहाँहरूले आवासीय क्षेत्रहरूको वर्गीकरण गर्छ । त्यसको स्थानीय सरकारले गुरुयोजना बनाओस् । गुरुयोजनामा बिल्डिङ गर्नुपर्यो । टाउन प्लानिङ बनाउनुपर्छ । खुद्रे आयोजनाहरू होइन । घरजग्गा व्यवसायीले साना योजना गर्नुको सट्टा धेरै जना मिलेर कम्पनी बनाउने र साना कम्पनीहरू मर्ज भएर ठुला पुँजी भएका कम्पनीहरू बनाउनुपर्छ ।’
उनले सरकारले ल्यान्ड पुलिङ खुला गरी सहरी ऐन बनाउन आवश्यक रहेको बताए । भुसालले भने, ‘विश्वमा रियल स्टेट व्यवसायीहरू भनेका धनाढ्यहरूले मात्रै बन्ने परिस्थिति बन्छ । तर नेपालमा त्यति ठुलो पुँजी छैन ।
नेपाली व्यवसायीहरूले छरिएको पुँजीबाट व्यक्तिगत कारोबार गर्ने होइन । संयुक्त कम्पनीको रूपमा काम गर्नु आवश्यक छ । त्यसको लागि व्यवसायीहरू पनि लाग्नुपर्छ र व्यवस्थित सहर बनाउनुपर्छ ।
त्यसको लागि सरकारले ल्यान्ड पुलिङ खुला गर्नुपर्छ । त्यसको लागि सहरी ऐन बनाउन आवश्यक रहेको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माघ नसकिँदै देशभर तापक्रम बढ्न थाल्यो
-
युवाले खोलेका उद्योग नै चलेनन्, ६ महिनामा ३०० वटा खारेज
-
रातोपाटी बिफिङ : वामदेव एमाले फर्किने ‘च्याप्टर’ तत्काललाई क्लोजदेखि पूर्व उपराष्ट्रपतिलाई उपाध्यक्ष बनाउने प्रचण्ड योजना स्थगितसम्म
-
अखिल क्रान्तिकारी निर्वाचन : उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशित
-
प्रेस सेन्टर उदयपुरको अध्यक्षमा अभिमन्यु लामिछाने चयन
-
दोस्रो पौवादुङमा गोल्ड कपको उपाधि राजगढ झापालाई