बिहीबार, १३ मङ्सिर २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
मौसम

वर्षाका कारण बुटवलका विभिन्न क्षेत्र डुबानमा

आइतबार, ३० वैशाख २०८१, ११ : २२
आइतबार, ३० वैशाख २०८१

बुटवल । शनिबार रातिदेखि परेको वर्षाका कारण बुटवलका विभिन्न क्षेत्र डुबानमा परेका छन् । बुटवलको अमर पथ,हाट बजार लाइनसहितका क्षेत्र डुबानमा परेको हो । बुटवलका अधिकांश नालीहरू फोहोरले पुरिएकोले ठुलो पानी पर्दा डुबानमा परेका इलाका प्रहरी कार्यालय बुटवलले जनाएको  छ। 

butwal-duban (3)

अहिले पानी घटे पनि हिलो र लेदो सडकमा थुप्रिएको छ । रुपन्देही उद्योग सङ्घको कार्यालय र पश्चिम नेपाल बस समितिको कार्यालय भित्र पानी पसेको प्रहरीले जनाएको छ । डुबानका कारण सडक अस्तव्यस्त भएपछि यहाँस्थित न्यू होराइजन स्कुलले आज बिदा दिएको छ ।  सोह्र छत्तिस कुलोको छेलमा रहेको सो स्कुलमा रहेका तल्लो तलाका सबै कक्षाकोठाहरू समेत डुबेको प्रहरीले जनाएको  छ।

यसैबिच वर्षापछि पहिरो खसेर अवरुद्ध बनेको सिद्धार्थ राजमार्ग अन्तर्गतका पाल्पा–बुटवल सडक खण्ड पाँच घण्टापछि पुनः सञ्चालनमा आएको छ ।

butwal-duban (4)

राजमार्गको तिनाउ गाउँपालिका–३, दोभानको पैठेडाँडादेखि सिद्धबाबा मन्दिरसम्म चार स्थानमा पहिरो खसेर सडक अवरुद्ध भएको थियो । दोभान प्रहरी चौकी पाल्पाका अनुसार  पहिरो खसेर  अवरुद्ध बनेको राजमार्गमा पहिरो पन्छाएपछि अहिले अहिले सवारी साधन चल्न सुरु गरेका छन् । निर्माणाधीन सिद्धबाबा सुरुङ मार्ग क्षेत्रमा खसेको पहिरोले सडक अवरुद्ध भएको थियौ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप