सरकारसँगको सहमति पालना नभएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको प्रदर्शन (तस्बिरहरू)

काठमाडौँ । सरकारले गरेका सहमतिहरूको पालना नभएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूले राजधानीमा प्रदर्शन गरेका छन् । गत वर्ष महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले तनहुँको म्याग्दे गाउँपालिका–७ का दीपक भण्डारीसँग सामुदायिक सहायता सेवा सुरुवात गर्ने भनी गरेको सहमति पालना नगरेको विरोधमा उनीहरुले प्रदर्शन गरेका हुन् ।
अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी नियमावली २०७७ को नियम ९ मा सामुदायिक सहायता सेवाको व्यवस्था छ । सामुदायिक सहायता सेवा २०८१ वैशाख १ गतेबाट सुरुवात गर्ने सहमति भएको थियो । कार्यक्रम र मापदण्डको मस्यौदा प्रतिवेदन दुई हप्ताभित्र तयार गरी पेस गरी कार्यान्वयनमा लैजाने सहमति भए पनि अहिलेसम्म कार्यान्वयन नभएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूले प्रदर्शन गरेका हुन् ।
त्यसको कार्यान्वयनका लागि आवश्यक मापदण्ड र कार्यक्रम बनाउन मन्त्रालयका सहसचिव रामकृष्ण लामिछानेको संयोजकत्वमा ३ सदस्यीय समितिसमेत गठन गरिएको थियो ।
समितिमा राष्ट्रिय अपाङ्ग महासङ्घका नेपालका वरिष्ठ उपाध्यक्ष रामबहादुर कार्की र तनहुँ म्याग्देका दीपक भण्डारी सदस्य थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले कांग्रेस नेतृत्वको सरकार भ्रष्टाचारीको संरक्षक : पम्फा भुसाल
-
निजी क्षेत्र सक्रिय भए मात्रै पर्यटन क्षेत्रको विकास सम्भव छ : मन्त्री पाण्डे
-
पिताको पाइला पछ्याउँदै ऋतिक, क्रिश ४ निर्देशन गर्ने
-
प्रहरी हस्तक्षेपसँगै राजावादीको कार्यक्रम प्रभावित
-
प्रतिनिधिसभा बैठक : आइतबारसम्म सूचना टाँसेर स्थगित
-
तीनकुनेमा प्रदर्शनकारीलाई हटाउन पानीको फोहोरा प्रहार