शुक्रबार, १२ पुस २०८१
ताजा लोकप्रिय
अपाङ्गता भएका व्यक्तिहरूको काठमाडौँमा दबाबपूर्ण र्‍याली (तस्बिरहरू)

अपाङ्गता भएका व्यक्तिहरूको काठमाडौँमा दबाबपूर्ण र्‍याली (तस्बिरहरू)

आइतबार, ३० वैशाख २०८१

काठमाडौँ । सरकारले सामुदायिक सहायता तथा व्यक्तिगत सहयोगी सेवा यथाशीघ्र निःशुल्क उपलब्ध गराउनुपर्ने माग राख्दै अपाङ्गता भएका व्यक्तिहरूले आज काठमाडौँमा दबाबपूर्ण र्‍याली निकालेका छन् । शान्ति वाटिकामा भेला भएका उनीहरूले भद्रकालीमा पुगी कार्यक्रम सञ्चालन गरेका छन् ।   

तनहुँका दीपक भण्डारी शान्ति वाटिकामा आमरण अनसनरत छन् । उनले गत चैत ६ गतेदेखि अनिश्चितकालीन धर्ना सुरु गरेका थिए । चैत १४ मा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र भण्डारीबिच माग सम्बोधनको सहमति भएको थियो । 

सहमतिअनुसार सामुदायिक सहायता तथा व्यक्तिगत सहयोगी सेवा यही वैशाख १ देखि सुरु गर्ने भनिएको थियो । यसका लागि तीन सदस्यीय समिति गठन गरेर आवश्यक कार्यक्रम र मापदण्डको मस्यौदा प्रतिवेदन बनाइयो । तर प्रतिवेदन लागू नभएको भन्दै भण्डारीले यही वैशाख १८ देखि आमरण अनसन थालेका हुन् । सरकारले विभिन्न समयमा गरेको सहमति पालना नभएका भन्दै उनीहरुले दबाबमूलक  कार्यक्रम गरेका हुन् । 

_AB_8283_AB_8286_AB_8292_AB_8332_AB_8339_AB_8349_AB_8353_AB_8359 (1)_AB_8359_AB_8363_AB_8370_AB_8377_AB_8389_AB_8392

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया