अफगानिस्तानमा बाढीका कारण कम्तीमा २०० जनाको मृत्यु
आइतबार, ३० वैशाख २०८१, १० : ३६

काबुल । उत्तरी अफगानिस्तानमा हालैका दिनमा आएको बाढीका कारण कम्तीमा २०० जनाको मृत्यु भएको छ । संयुक्त राष्ट्रसङ्घीय निकाय इन्टरनेशनल अर्गनाइजेशन फर माइग्रेसन (आईओएम)ले बताएको भन्दै सीएनएनले शनिबार समाचार छापेको हो । देशका उत्तरी प्रान्तहरू बदाख्शान, घोर, बग्लान र हेरतमा ठुलो बाढी आएको थियो । बाढीका कारण करिब २ हजार घरमा क्षति पुगेको बताइएको छ ।
मृत्यु हुनेको सङ्ख्या बढ्ने अनुमान गरिएको आईओएमको भनाई छ । अन्तर्राष्ट्रिय उद्धार समिति (आईआरसी)ले भने बाढीका कारण त्यहाँ २५० जना भन्दा धेरैको ध्यान गएको र हजारौँ विस्थापित भएको बताएको छ । अप्रिलमा पनि बेमौसमी वर्षाका कारण अफगानिस्तान र पाकिस्तानमा सयभन्दा धेरैको मृत्यु भएको थियो । त्यसबेला ६०० भन्दा धेरै बस्तुभाउ पनि मरेका थिए ।