सल्यानमा दम्पती मृत फेला
आइतबार, ३० वैशाख २०८१, १० : १०

सुर्खेत । सल्यानको बनगाड कुपिण्डे नगरपालिका–४, देउलीमा एक दम्पती मृत अवस्थामा फेला परेका छन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार अन्दाजी ३४ बर्षीय मनोज बुढा र उनकी श्रीमती अन्दाजी ३२ वर्षीया कमला बुढा मृत अवस्थामा फेला परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक नवीन कार्कीका अनुसार आइतबारको उक्त घटना श्रीमाले श्रीमतीको हत्यापछि आफूले पनि आत्महत्या गरेको जस्तो देखिएको छ । मनोज झुण्डिएको अवस्थामा फेला परेको कमलाको घाँटीमा धारिलो हतियार प्रयोग भएको देखिएको उनले बताए ।
स्थानीयको भनाइ अनुसार मनोजको मानसिक अवस्था राम्रो थिएन । यद्यपि घटनाको विषयमा थप विवरण भने आउन बाँकी छ । कार्कीकै नेतृत्वमा घटनास्थलमा पुगेर प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डिपोर्टेशनका लागि युद्ध कानून प्रयोग गर्न ट्रम्पलाई अदालतले दियो अनुमति
-
उपसचिवको लिखित परीक्षामा १२ जना उत्तीर्ण (सूचीसहित)
-
इरानसँग सिधैं परमाणु वार्ता भइरहेको छः ट्रम्प
-
झूटा मुद्दा लगाए जनताले तिमीहरूका घर घेर्छन् : ज्ञानेन्द्र शाही
-
सञ्जीवको गीत ‘न दिन सके खुशी’ मा वादल र अस्मिताको अभिनय
-
जितबाट उत्साही पञ्जाब र लगातारको हारबाट विचलित ‘बुढो बाघ’ चेन्नई आपसमा भिड्दै