अफगानिस्तानमा बाढीको कहर : १ सय ५० भन्दा बढीको मृत्यु
आइतबार, ३० वैशाख २०८१, ०९ : ५१

काबुल । अफगानिस्तानको उत्तरी क्षेत्रमा आएको बाढीका कारण सयौँको मृत्यु भएको छ । बाढीका कारण मृत्यु हुनेको सङ्ख्या बढ्न सक्ने पनि आशङ्का छ ।
तालिवान अधिकारीहरूले बाढीका कारण १५० जनाको मृत्यु भएको बताएका छन् । यता मानवीय संस्था विश्व खाद्य कार्यक्रमका अनुसार भने बाढीका कारण तीन सयभन्दा बढीले ज्यान गुमाइसकेका छन् ।
बगलान प्रान्तका पाँच जिल्ला शुक्रबार रातिदेखि आएको बाढीको चपेटामा परेका छन् । त्यहाँका घरमा क्षति पुगेको तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । विश्व खाद्य कार्यक्रमका अनुसार २ हजार ११ घर पूर्ण रूपमा ध्वस्त भएका छन् । यसबाहेक २ हजार ८ सय घरमा क्षति पुगेको छ ।
बाढीका कारण तीन मस्जिद र चार विद्यालयमा पनि क्षति पुगेको छ । उत्तरी अफगानिस्तानको काबुलसँग जोड्ने सडक बन्द गरिएको अधिकारीहरूले बताएका छन्।
बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको राजा राजावादी भएन, राजतन्त्रवादी भयो : गगन थापा
-
खेलकुदलाई प्रतिबन्धित औषधिको प्रयोगबाट टाढा राख्न सामूहिक प्रतिबद्धता आवश्यक
-
बागमती नगरपालिकाका निलम्बित मेयर थापाविरुद्ध तेस्रो मुद्दा
-
एमालेमा लाग्दा भड्काउने प्रयास भयो : सुनिता डंगोल
-
४ लाख रुपैयाँको लागुऔषध ट्रामाडोलसहित २ जना प्रहरीकाे नियन्त्रणमा
-
बालेनले उठाए गम्भीर सवाल: सरोज गुरागाईंले गोप्य तरिकाले नक्सा पास गर्नुपर्ने के थियो कारण ?