रियलको रेकर्ड जित

मड्रिड । हालै लिग उपाधि जितेको रियल मड्रिडले ग्रानाडालाई हराउँदै ला लिगामा आफ्नो अपराजित यात्राको नयाँ क्लब रेकर्ड बनाएको छ । शनिबार राति भएको खेलमा रियल ४–० गोलले विजयी बनेको हो ।
योसँगै कार्लो एन्चेलोटीको टोलीले एउटै लिग सिजनमा अपराजित खेलको शृङ्खला २९ पुर्याएको छ । यसअघि टोलीले सन् १९८९-९० सिजनमा जोन टोसाकको नेतृत्वमा लगातार २८ खेलमा अपराजित रहेको रेकर्ड बनाएको थियो ।
खेलको ३८ औँ मिनेटमा फ्रान गार्सियाले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । पहिलो हाफको इन्जुरी समयमा युवा खेलाडी आर्डा गुलेरले टोलीको अग्रता दोब्बर बनाए ।
दोस्रो हाफमा ब्राहिम डियाजले दुई गोल गरेपछि रियलले सजिलै खेल आफ्नो पक्षमा पार्न सफल भयो । यता रियलसँग पराजय बेहोरेपछि र उता मायोर्काले लास पालमासलाई हराएसँगै ग्रानाडा रेलिगेसनमा परेको छ ।
३५ खेलबाट रियलको ९० अङ्क रहेको छ । ग्रानाडा भने ३५ खेलबाट २१ अङ्कसहित पुछारबाट दोस्रो स्थानमा रहेको छ । टोलीले सिजनमा ४ खेलमा जित, ९ खेलमा बराबरी र २२ खेलमा पराजय बेहोरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जहाँ रातभर उभिएर बत्ती बालिन्छ, यस्तो छ धार्मिक विश्वास
-
बाटो खन्ने क्रममा ढुङ्गा खसेर स्काभेटर चालकको मृत्यु
-
सुजाता नेतृत्वको कांग्रेस प्रतिनिधिमण्डलद्वारा चिनियाँ नेताहरूसँग छलफल
-
एनआरएनए उच्चस्तरीय समितिको बैठक आह्वान
-
अमेरिकामा ट्रम्पसँग कुन प्रश्नको स्पष्ट उत्तर चाहन्छन् जेलेन्स्की ?
-
गणतन्त्रविरुद्धको आन्दोलन सम्भव छैन : पूर्व उपराष्ट्रपति पुन