हमासले बन्धक रिहा गरेको भोलिपल्टै युद्धविराम सम्भव छ : राष्ट्रपति बाइडेन

काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडेनले हमासले बन्धक रिहा गरेको भोलिपल्टै इजरायल र प्यालेस्टाइनबीचको युद्धविराम हुने बताएका छन् । सियाटलमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति बाइडेनले हमासले बन्धकहरु रिहा गर्ने र युद्धविराम लागू गर्ने कुरा प्यालेस्टाइनको हातमा रहेको बताए ।
अमेरिका पनि युद्धविरामको पक्षमा रहेको उल्लेख गर्दै रफाहमा इजरायलको गरेको आक्रमणको विरोध बाइडेनले गरे । बाइडेनले बुधबार पनि रफाहमा इजरायलले गरेको कारबाहीको विरोध गर्दै सरकारले तोपखाना र अन्य हतियारको आपूर्ति बन्द गर्ने चेतावनी दिएका थिए ।
हमास र इजरायल अहिलेसम्म युद्धविराम सम्झौतामा पुग्न असफल भएका छन् । हमासका आतङ्ककारीहरूले गत वर्ष अक्टोबर ७ मा इजरायलमा स्थल र हवाई हमला गरेका थिए । यस हमलामा ११७० भन्दा बढी मानिस मारिएका थिए । त्यतिबेला २५० जनालाई अपहरण गरी गाजा पट्टी लगिएको थियो । त्यसयता तीमध्ये आधा बन्धक अझै हमासको नियन्त्रणमा छन् ।
उक्त नियन्त्रणमा नेपालका विपिन जोशी पनि रहेको र उनको पनि अहिलेसम्म कुनै सूचना बाहिर आएको छैन । इजरायलको जवाफी हमलामा गाजामा ३४ हजारभन्दा बढी मानिसको मृत्यु भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार - शिक्षक वार्ता : सहमति भए १२ को परीक्षा गर्न दिने तर आन्दोलन नरोक्ने
-
दिगो लगानीको लागि एनएमबि बैंकको पहल : तीन निकायबिच साझेदारी पत्रमा हस्ताक्षर
-
तीन तहले छरिएर काम गर्दा नतिजा निस्कन गाह्रो भयो, स्वास्थ्य समस्या समाधानमा मिलेर काम गरौँ : स्वास्थ्य मन्त्री
-
वार्ताका लागि शिक्षकहरूको पर्खाइमा शिक्षामन्त्री
-
रुपन्देहीको बेथरी मर्चवर सडक निर्माण अन्तिम चरणमा
-
भेरी अस्पतालको ओपिडी सेवा सञ्चालनमा