सहिद भीमनारायण गोल्डकपको उपाधि युनाइटेड झापालाई
धनकुटा । यहाँ जारी सहिद भीमनारायण गोल्डकपको १६औँ संस्करणको उपाधि बिर्तामोड युनाइटेड क्लब झापाले जितेको छ । आज भएको फाइनलमा सशस्त्र प्रहरी (एपिएफ) काठमाडौँलाई शून्य–तीन गोलअन्तरले पराजित गर्दै युनाइटेड झापाले उपाधि जितेको हो ।
पहिलो हाफमा बराबरी भएको खेलमा दोस्रो हाफमा युनाइटेडले एपिएफका विरुद्ध लगातार तीन गोल गरेको थियो । खेलको ५१ औँ मिनेटमा युनाइटेड झापाका जर्सी नं ९ का टिम क्याप्टेन आशीष चापागाईँले पहिलो गोल गर्नुभएको थियो । त्यस्तै ६७ मिनेटमा जर्सी नं ११ का अभिषेक गुरुङले टोलीका लागि दोस्रो गोल गरे भने अतिरिक्त समयमा जर्सी नं १९ का देवेन्द्र तामाङले खेलको ९० मिनेटमा तेस्रो गोल गरे
पटक–पटक गोल गर्ने मौका पाएको एपिएफले अतिरिक्त समयको ९३ मिनेटमा पाएको पेनाल्टीलाई सदुपयोग गर्न सकेन । एपिएफका जर्सी नं ४५ का सुमन श्रेष्ठले हानेको पेनाल्टी झापाका गोलरक्षक सन्दीप लिम्बूले रोकेका थिए ।
खेलका उत्कृष्ट गोलरक्षक विजेता टोलीका गोलरक्षक सन्दीप लिम्बू, उत्कृट मिडफिल्डर उपविजेता टोलीका बुद्धिमान राई भएका छन् । त्यस्तै विजेता टोलीका देवेन्द्र तामाङ वेष्ट डिफेन्डर, अभिषेक गुरुङ बेष्ट फरवार्ड र आशीष चापागाईँ सर्वोउत्कृष्ट खेलाडी घोषित भएका छन् ।
जितसँगै युनाइटेड झापाले नगद रु पाँच लाखसहित गोल्डकप, मेडल तथा प्रमाणपत्र पाएको छ भने र उपविजेता एपिएफले रु दुई लाख नगद, मेडल तथा प्रमाणपत्र पाएको छ । विजेता टोली र उपविजेतालाई सहिद भीमनारायण श्रेष्ठ प्रतिष्ठानका अध्यक्ष पुरेनद्रलाल श्रेष्ठ, धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ, प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेललगायतले पुस्कार प्रदान गरेका थिए ।
तत्कालीन राजा वीरेन्द्र शाहलाई बम प्रहार गरेको आरोपमा २०३५ सालमा हाल धनकुटा नगरपालिका वडा नं ६ निवासी श्रेष्ठलाई मृत्युदण्ड दिइएको थयो । विसं २०७४ मा सरकारले सहिद घोषणा गरिएका श्रेष्ठको स्मृतिमा २०५५ सालदेखि प्रतियोगिता सञ्चालन गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नवनियुक्त लेखामान बोर्ड, लेखापरीक्षणमान बोर्ड अध्यक्ष र अर्थमन्त्रीबिच भेटवार्ता
-
कीर्तिपुरमा चुनावी सरगर्मी : तस्बिरमा कांग्रेस र माओवादीको आमसभा
-
मेगा अक्सनपछि आईपीएलमा सहभागी टोलीहरूको अवस्था
-
पाँच वर्षका लागि वर्ल्डलिङ्कले पायो दुईवटा लाइसेन्स
-
नाष्टको ४८ औँ प्राज्ञसभा : १२ विधामा पुरस्कार प्रदानको निर्णय
-
पिकअप गाडीको ठक्करबाट साइकलयात्रीको मृत्यु