सर्लाहीको लालबन्दीका तीन विपन्न परिवारलाई घर

बरहथवा । सर्लाहीको लालबन्दी नगरपालिका क्षेत्रका विपन्न परिवारलाई घर हस्तान्तरण गरिएको छ । मधेस प्रदेश सरकारको महेन्द्रनारायण निधि आवास कार्यक्रमअन्तर्गत लालबन्दी नगरपालिका–५ मा दुई र लालबन्दी नगरपालिका–१० मा एक परिवारका लागि निर्माण गरिएका आवास भवन हस्तान्तरण गरिएको हो । आज एक कार्यक्रमका बीच मधेस प्रदेश सरकारकी श्रम तथा यातायातमन्त्री बेची लुङ्गेलीले लाभग्राहीलाई घर हस्तान्तरण गरिन् ।
लालबन्दी नगरपालिका–५ निवासी हरि धमला र मैतीदेवी तामाङ तथा वडा नं १०, निवासी गणेशबहादुर मिरिङचिङलाई घर हस्तान्तरण गरिएको नगरपालिकाका उपप्रमुख कल्पनामाया पाख्रिनले जानकारी दिइन् । घर पाएपछि विपन्न परिवारमा खुसी छाएको छ । लाभग्राही धमलाले आफूहरूले जीवनभर दुःख गर्दा पनि बाँस जोड्न नसकेका अवस्थामा प्रदेश सरकारले घर बनाइदिएकामा खुसी व्यक्त गरे ।
श्रमदानसहित रु पाँच लाख ६५ हजारको लागतमा निर्माण गरिएको प्रत्येक आवास भवनमा दुईवटा सुत्ने कोठा, एउटा भान्सा कोठा र शौचालय तथा खानेपानीको धारासमेत जडान गरिएको छ । जस्तापाताको छानो भएको उक्त घर आधुनिकसँगै भूकम्पप्रतिरोधी रहेको मन्तव्यका क्रममा मन्त्री लुङ्गेलीले उल्लेख गरिन् । यसै कार्यक्रमअन्तर्गत गत आर्थिक वर्षमा पनि चार विपन्न परिवारलाई घर हस्तान्तरण गरिएको थियो ।
कार्यक्रममा लालबन्दी नगरपालिकाका उपप्रमुख पाख्रिनले आवास कार्यक्रमले घरवारविहीन विपन्न नागरिकलाई ठूलो राहत पुगेको बताइन् । भवन हस्तान्तरण कार्यक्रममा वडाध्यक्ष मीनप्रसाद ढुङ्गेल, राजन काफ्ले, बज्रमणि लामा, सुमन अमात्यलगायतको उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुर्गा प्रसाईं र रवीन्द्र मिश्र सहित २४ जनालाई थप ३ दिन हिरासतमा राख्न अनुमति
-
स्याङ्जाको हरिनास गाउँपालिकाले पढाई भएको दिनदेखि मात्रै शिक्षकको तलब दिने
-
पहलगाममा आतङ्कवादी हमला : राप्रपाद्धारा दुःख व्यक्त
-
विद्युत् व्यवस्थापन गर्न नसकेको प्राधिकरणको स्वीकार, नदीमा छिट्टै बहाव बढ्ने आस
-
पूँजीगत खर्च गर्ने दायित्व सम्बन्धित मन्त्रालयको हाे : अर्थमन्त्री
-
सांसद विकास कोष ब्युँत्याउन फेरि लागिपरे सांसद, सरकारलाई दिन थाले दबाब