गण्डकी प्रदेशका सात स्रष्टा सम्मानित

पोखरा । गण्डकी प्रदेशका सात जना स्रष्टा सम्मानित भएका छन् । गण्डकी प्रज्ञा प्रतिष्ठानले तेस्रो स्थापना दिवसको अवसरमा उनीहरुलाई सम्मान गरेको हो ।
गण्डकी प्रज्ञा संस्कृति सम्मानबाट लोक संस्कृतिकर्मी खगराज शर्मा, गण्डकी प्रज्ञा साहित्य सम्मानबाट बागलुङका लेखक भूपिन खड्का, गण्डकी प्रज्ञा संगीत सम्मानबाट स्याङजाका लोकदोहोरी गायक पुरुषोत्तम न्यौपाने र गण्डकी प्रज्ञा कला सम्मानबाट कास्कीका गोपाल श्रेष्ठ सम्मानित भए ।
उनीहरुलाई नगद १ लाखसहित सम्मान गरिएको हो । यस्तै, गण्डकी प्रज्ञा प्रतिष्ठान नारी सम्मानबाट लेखक सरस्वती प्रतिक्षा ५० हजार नगदसहित सम्मानित भएकी छिन् । गण्डकी प्रज्ञा युवा सम्मानबाट नृत्य विधामा स्याङ्जाका रविन गुरुङ र कला विधामा मुस्ताङका छिरिङ फोन्जो गुरुङ सम्मानित भए । उनीहरुलाई जनही ५० हजार दिइएको हो ।
उनीहरुलाई गण्डकीका मुख्यमन्त्री खगराज अधिकारी, सामाजिक विकास तथा स्वास्थ्यमन्त्री सीता सुन्दास, उर्जा, जलस्रोत तथा खानेपानी मन्त्री वेदबहादुर गुरुङ लगायतले सम्मान गरे ।
गण्डकी प्रज्ञा प्रतिष्ठानका उपकुलपति गोरे गुरुङको संयोजकत्वमा गठन भएको छनोट समितिले सम्मानित स्रस्टाहरु छनोट गरेको हो । स्थापना दिवसकै अवसरमा प्रतिष्ठान परिसरमा निर्माण गरिएको स्रस्टा स्मृति पार्क उद्घाटन गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी, के गर्ला निर्णय ?
-
सन् २०२८ सिजनबाट आईपीएलमा खेल सङ्ख्या बढाएर ९४ पुर्याउने योजना
-
भर्ना अभियान प्रभावित हुँदा साढे पाँच लाख थान पुस्तक गोदाममै थन्किए
-
पुटिनले गरे अस्थायी युद्धविरामको घोषणा
-
जसपा नेपालले पहिचानको आन्दोलनलाई देशव्यापी विस्तार गर्ने
-
रातो मच्छिन्द्रनाथको रथारोहण, तस्बिरहरू