बुधबार, १२ मङ्सिर २०८१
ताजा लोकप्रिय

एन्डरसनले टेस्ट क्रिकेटबाट सन्न्यास लिने

शनिबार, २९ वैशाख २०८१, २१ : ४६
शनिबार, २९ वैशाख २०८१

लण्डन । इंग्ल्याण्डका बलर जेम्स एन्डरसनले टेस्ट क्रिकेटबाट सन्न्यास लिने पुष्टि गरेका छन् । सर्वकालिक उत्कृष्ट बलर मध्येका एक ४१ वर्षीय खेलाडीले वेस्ट इन्डिजविरुद्ध १० जुलाईमा लर्ड्समा हुने पहिलो टेस्ट आफ्नो अन्तिम खेल हुने घोषणा गरेका हुन् ।

भविष्यका लागि बलिङ आक्रमण निर्माण गर्न चाहने टेस्ट प्रशिक्षक ब्रेन्डन म्याकुलमसँग वार्ता गरेपछि एन्डरसनको यो निर्णय आएको हो। एन्डरसनले एक विज्ञप्तिमा भनेका छन्, ‘म धेरै कुरा मिस गर्नेछु । तर मलाई थाहा छ यो समय सही हो ता कि अरूले पनि मैले पाएको जस्तै सपनाहरू महसुस गर्न पाउन्, किनभने यो भन्दा ठुलो भावना अरू कुनै छैन।’

एन्डरसनले सन् २००३ मा डेब्यू गरेका थिए । उनले १८७ टेस्टमा ७ सय विकेट लिएका छन् । टेस्ट इतिहासमा कुनै पनि तीव्र गतिका बलरद्वारा लिइएको सबैभन्दा धेरै विकेट हो । उनी श्रीलङ्काका स्पिनर मुथैया मुरलीधरन र अस्ट्रेलियाका शेन वार्नपछि टेस्टमा सबैभन्दा धेरै विकेट लिने खेलाडीको सूचीमा तेस्रो स्थानमा छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप