रूख कटान नहुँदा तनहुँ जलविद्युत आयोजनाको निर्माण प्रभावित
![रूख कटान नहुँदा तनहुँ जलविद्युत आयोजनाको निर्माण प्रभावित](https://npcdn.ratopati.com/media/news/cover-transmission_XHlrvL7db5.jpg)
तनहुँ । तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको जलाशययुक्त तनहुँ जलविद्युत आयोजनाको विद्युत प्रसारणलाइन निर्माण कार्य प्रभावित भएको छ ।
प्याकेज–३ अन्तर्गत प्रसारणलाइन क्षेत्रमा पर्ने रूख कटान गर्न सरकारले स्वीकृति दिए पनि स्थानीय वनसँग कुरा नमिल्दा प्रसारणलाइन निर्माणको काम प्रभावित भएका आयोजना प्रवर्द्धक तनहुँ हाइड्रोपावरका प्रबन्ध सञ्चालक किरणकुमार श्रेष्ठले जानकारी दिए ।
प्याकेज—३ अन्तर्गत चितवनखण्डमा समस्या देखिएको र विवाद कायमै रहेकाले १८ वटा विद्युत टावर ठड्याउने काम अगाडि बढ्न नसकेका उनको भनाइ छ । “तनहुँ खण्डमा रहेका सामुदायिक वनसँगको समन्वयमा काम अगाडि बढेको बढेको थियो तर चितवनखण्डमा ठूला सालका रूख कटान गर्नुपर्ने भएकाले वनले जोखिम बहन र सहजीकरण गर्न नसकेपछि काम प्रभावित भएको छ”, श्रेष्ठले भने ।
हाल दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभीको डबलसर्किट प्रसारणलाइन प्याकेज–३ अन्र्तगत ३४ दशमलव ७ किलोमिटर दूरीमा प्रसारणलाइनको काम भइरहेको छ । सो कार्य गर्ने ठेक्का केइसी इन्टरनेशनल लिमिटेड, भारतले पाएको छ तर सम्झौताअनुसारको म्याद गुज्रिसकेको छ ।
यो खण्डमा रहेका कूल ९४ टावरमध्ये ७६ टावरको फाउण्डेसन कार्यसम्पन्न भएको र ५६ टावर ठडाइसकिएको छ । सो प्याकेजको समग्र निर्माण प्रगति ७३ प्रतिशत रहेको जनाइएको छ ।
श्रेष्ठका अनुसार प्याकेज–१ मा ३५, प्याकेज–२ मा ५५ प्रतिशत र समग्रमा आयोजनाको ५५ प्रतिशत कार्यसम्पन्न भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निःशुल्क शिक्षाका लागि थप बजेट विनियोजन गर्न मन्त्री श्रेष्ठको आग्रह
-
खेतबारीमा विषादीको प्रयोग बढ्दो, क्यान्सरदेखि मिर्गौला फेलको खतरा
-
इरानमा दोस्रो चरणको राष्ट्रपतीय निर्वाचनको लागि शुक्रबार बिहानैदेखि मतदान सुरु
-
गण्डकीका पालिका : ९५ प्रतिशत अनुदान, पुँजीगत खर्च ३० प्रतिशत मुनि
-
वैदेशिक रोजगारीलाई छिट्टै व्यवस्थित र मर्यादित बनाउँछौँ : मन्त्री अर्याल
-
सरकारबारे अशोक राई नेतृत्वको जसपाले आज निर्णय लिने