बिहीबार, १३ मङ्सिर २०८१
ताजा लोकप्रिय

तेस्रो मिल्स क्रिकेट : दिल्ली र एनबीएससी  विजय

शनिबार, २९ वैशाख २०८१, १९ : ४१
शनिबार, २९ वैशाख २०८१

विराटनगर । तेस्रो संस्करणको मिल्स कप टी –२० क्रिकेट प्रतियोगितामा भारतको दिल्ली क्रिकेट क्लब र विराटनगरको एनबीएससी क्रिकेट क्लब विजय भएको छ । विराटनगर जुट मिलको खेल मैदानमा शनिबार भएको उद्घाटनको पहिलो खेलमा दिल्लीले हरियाण थन्दर्स क्रिकेट क्लबलाई ५९ रनले हराउँदै दल्ली दोस्रो चरणमा प्रवेश गरेको हो । 

टस जितेर ब्याटिङ रोजेको दिल्लीले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा २४५ रनको विशाल योगफल खडा गर्‍यो । दिल्लीको जितको लागि मोहित अभिचानोनी र शिवम् किशोरले आक्रामक ब्याटिङ गरे ।

खेलको प्लेर अफ द म्याच समेत घोषित भएका मोहितले ३८ बलमा ९७ रन बनाए । झन्डै शतक नजिक स्कोर पुर्‍याउँदै उनले ९ छक्का र ८ चौका हिर्काए । शिवम् अविजित रहँदै २५ बलमा अर्ध शतक कटाए । उनले ७ छक्का र ६ चौका हिर्काउँदै ७२ रन जोड्दा भरत कार्कीले २४ बलमा २९ रनको योगदान दिए । 

हरियाणा थन्दर्स क्रिकेट क्लबका अंकित गोसामीले ३ ओभरमा ३४ रन खर्चिएर ४ विकेट लिए । मोहितले २ विकेट र सुभमले १ विकेट लिए ।  २४६ रनको विशाल लक्ष्य पछ्याएको हरियाणाले १९ ओभरमा सबै विकेट गुमाइ १८६ रनमा सीमित भयो । संगमले अविजित ३३ रन बनाउँदा टिस्मू कुमारले २८ रन जोडे । 

दिल्लीका सत्यजितले ४ ओभरमा ३९ रन खर्चिएर ३ विकेट लिए । मोहितले २ ओभरमा ३७ रन खर्चिएर २ विकेट लिए ।  सोही दिन भएको दोस्रो खेलमा झापाको बोष्र्टन क्रिकेट क्लबलाई एनबीएससीले २१३ रनले पराजित गर्‍यो । 

टस हारेर ब्याटिङ गरेको एनबीएससीले निर्धातिर २० ओभरमा ५ विकेट गुमाइ २८८ रनको विशाल योगफल खडा गर्‍यो । एनबीएससीका जितका लागि राहुल  चौधरीले विस्फोटक ब्याटिङ गरे ।  उनले  ३६ बलमा ९ छक्का र ६ चौका हिर्काउँदै सर्वाधिक ८३ रन बनाए ।

चिरञ्जीवी ठाकुरले २९ बलमा अर्ध शतक कटाउँदै ६० रन बनाए । उनले ३ छक्का र ८ चौका प्रहार गरे । कुनाल किशोरले २० बलमा अविजित ५७ रन बनाए । उनले ४ छक्का र र ७ चौकका हिर्काए । अनुभव कुमारले ४३ र रिसभले २९ रन बनाए । 

बोष्र्टनका सन्दीप क्षेत्रीले, दिवस शर्मा र प्रजित कुमारले समान १ –१ विकेट लिए । २८९ रनको विशाल लक्ष्य पछ्याएको बोष्र्टनले १४.६ ओभरमा सबै विकेट गुमाइ ७५ रनमा सीमित भयो । तरु शर्माले अविजित २५ रन बनाउँदा अन्य ब्याट मेनले दोहोरो अङ्क बनाउन सकेनन् । 

एनबीएससीका मैनक कुमारले ४ ओभरमा २५ रन खर्चिएर ४ विकेट लिए । अदय झाले ३ विकेट लिए । प्लेर अफ द म्याच एनबीएससीका सर्वाधिक रन बनाउने राहुल चौधरी घोषित भए । 

आइतबारको पहिलो खेल जोगवनीको प्रशान्त क्रिेकट क्लब र विराटनगरको सीसीए क्रिकेट क्लबबिच हुनेछ । सोही दिन हुने दोस्रो खेल आयोजक मिल्स क्रिकेट क्लब र सुनसरी क्रिकेट क्लब क्बलबीच हुनेछ । 

मिल्स क्रिकेट क्लब एन्ड एकेडेमी र नेपाल खेलकुद महासङ्घको संयुक्त आयोजना भएको उक्त प्रतियोगितामा नेपालका १० र भारतका ६ टिमको सहभागी रहेको छ । जेठ ५ गतेसम्म सञ्चालन हुने सो प्रतियोगिताको विजेताले नगद १ लाख ५१ हजार रुपैयाँ र उपबिजेताले ७५ हजार रुपैयाँ र ट्रफि पाउने मिल्स क्रिकेट क्लब एन्ड एकेडेमीका अध्यक्ष मुरली चौधरीले जानकारी दिए ।

प्रतियोगिताको प्लेर अफ द सिरिज हुने खेलाडीलाई १५ हजार, वेस्ट ब्याट्र र वेस्ट बलरलाई जनही ११ हजार रुपैयाँ प्राप्त गर्नेछन् । इमर्जिङ्ग प्लेयर हुने खेलाडीलाई पाँच हजार र प्रत्येक खेलको प्लेयर अफ द म्याच हुनेलाई २ हजार १ सय रुपैयाँ रहेको छ । प्रतियोगिता सम्पन्न गर्न करिब २१ लाख रुपैयाँ खर्च हुने आयोजकले अनुमान गरेको छ । 

प्रतियोगिताको प्रथम संस्करणका विजेता पूर्वाञ्चल एकेडेमी क्रिकेट क्लब र दोस्रो संस्करणको विजेता भारतको नरपथगन्ज क्रिकेट क्लबले जितेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप