शुक्रबार, १२ पुस २०८१
ताजा लोकप्रिय

बुढानीलकण्ठ चिनाउन ‘प्रधानाध्यापकसँग पदयात्रा’

शनिबार, २९ वैशाख २०८१, १९ : २४
शनिबार, २९ वैशाख २०८१

काठमाडौँ । बुढानिलकण्ठको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आज ‘प्रधानाध्यापकसँग पदयात्रा’ आयोजना गरिएको छ । पदयात्राको सहजीकरण ‘बुष्टिङ बुढानीलकण्ठ’ नामक अभियानले गरेको थियो । पदयात्रामा शिक्षक, बुद्धिजीवी, पत्रकारलगायत गरी करिब एक सय ७० जनाको उपस्थिति थियो । 

अभियानकर्ता आशीष गुरागाईँले बुढानीलकण्ठलाई चिनाउन नै यो पदयात्रा आयोजना गरेको जानकारी गराए । उनले भने, “पदयात्राको यो दोस्रो शृङ्खला हो । आगामी दिनमा पनि गरिराख्ने प्रतिबद्धता व्यक्त गछौँ । हामी बुढानीलकण्ठबासी हौँ जुन हाम्रो घर हो । हाम्रो घरको राम्रो ठाउँहरु देखाउन चाहेको हो । नागरिकस्तरबाट चलेको कार्यक्रम हो ।” 

भक्ति इन्टरनेशनल एकेडेमीका प्रधानाध्यापक नवराज भट्टले बुढानीलकण्ठको प्राकृतिक तथा साँस्कृतिक प्रवद्र्धन हुने उद्देश्य बोकेको यो पदयात्राले शिक्षक हुँदै विद्यार्थीसम्म पनि आफ्नो ठाउँको बारेमा बुझ्न सहयोगी हुने बताए ।

त्यसैगरी पदयात्रामा सहभागी बुढानीलकण्ठ नगर प्रहरी प्रमुख रमेशकुमार खतिवडाले यो पदयात्राले घुमघामसँगै आज उपस्थित भएका शिक्षकहरुको एकापसमा चिनाजान सँगै उनीहरुको अनुभव पनि साटासाट गर्ने मौका मिलेको बताए ।

पदयात्रामा सहभागी सरिता निरौलाले यस्ता खालका पदयात्राले एक त एकआपसमा सबैको चिनाजानी हुने र अर्को तर्फ यसका विभिन्न पर्यटकीय स्थलको पनि प्रबद्र्धन हुने बताए ।   बुढानीलकण्ठको धार्मिक, सांस्कृतिक तथा प्राकृतिक क्षेत्रको प्रवद्र्धन गर्ने उद्देश्यले पदयात्रा आयोजना गरिएको पदयात्रा बुढानीलकण्ठ मन्दिरबाट सुरू भएर शिवपुरी नागर्जुन राष्ट्रिय  निकुञ्ज हुँदै पदयात्रा डाँडा गाउँसम्म गएर टुंगिएको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप