बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

मुख्य सचिव अर्यालको टोली छिन्नमस्तामा

शनिबार, २९ वैशाख २०८१, १९ : ०८
शनिबार, २९ वैशाख २०८१

काठमाडौँ ।  नेपाल सरकारका मुख्यसचिव बैकुण्ठ अर्यालसहितको टोलीले राजविराजस्थित छिन्नमस्ता गाउँपालिकाको भ्रमण गरेका छन् । आज छिन्नमस्ता आएका उनले सखडा भगवतीको दर्शनसँगै पालिका जनप्रतिनिधिसँग छलफल गरेका छन् ।

छलफलका क्रममा अर्यालले पालिकाको सर्वाङ्गीण विकासका निमित्त आफूहरू हरेक क्षण तयार रहेको प्रतिबद्धता जनाएको छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरीले जानकारी दिए । पालिकाको गौरवको आयोजना सञ्चालन गर्न उनीहरू सहयोग गर्ने प्रतिबद्ध रहेको अध्यक्ष चौधरीले बताए ।

टोलीमा मुख्य सचिव अर्यालसहित, प्रधानमन्त्री कार्यालयका सचिव नारायणप्रसाद शर्मा, अर्थ मन्त्रालय बजेट माहाशाखाका उपप्रमुख उत्तरकुमार खत्री, आन्तरिक राजस्व कार्यालय इटहरीका प्रमुख खेमराज ओझासहितका व्यक्तिहरू रहेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप