प्रधानमन्त्रीलाई जेल हाल्न गृहमन्त्रीलाई ज्ञानेन्द्र शाहीको सुझाव
काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता एवं प्रतिनिधिसभा सदस्य ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले काम नगरेर हल्ला मात्रै गरेर हिँडेको आरोप लाए । शनिबार आयोजित साक्षात्कार कार्यक्रममा नेता शाहीले निर्मला हत्या प्रकरण ७२ घण्टाभित्र पत्ता लगाउँछु भन्ने गृहमन्त्री लामिछानेले ७२ दिन बित्नै लाग्दा पनि कुनै चासो नदेखाएको भन्दै उनले आपत्ति जनाएका हुन् ।
‘गृहमन्त्रीज्यूलाई म आग्रह गर्न चाहन्छु–कलम तपाईँको हातमा छ, प्रहरी प्रशासन तपाईँको हातमा छ । ठुला–ठुला फाइल ड्यामड्याम खोलौँ । झ्यापझ्याप पक्राउ गरेर जेल हालिहालौँ । गृहमन्त्रीको साथमा हामी हुन्छौँ । हल्ला मात्रै गर्ने र काम नगर्ने हो भने हामी साथ दिन सक्दैनौँ,’ उनले भने ।
गृहमन्त्री लामिछानेले मिडियामा भजाउने, दुई चार जना युट्युबरतलाई लिएर मात्रै हिँडेको उनले टिप्पणी गरे । नेता शाहीले गृहमन्त्रीले नयाँको नाममा पुराना दलका कामै नलाग्ने मान्छे ल्याएर पार्टी चलाएको बताए । ‘गृहमन्त्रीले फेरि एउटा अचम्मको पसल खोल्नुभएको छ,’ उनले भने, ‘पुराना पार्टीमा काम नलागेका मान्छे ल्याएर भर्ती गर्ने अनि तिनलाई नयाँ भन्दिनुपर्ने हामीले ।’
गृहमन्त्री लामिछानेले सहकारी ठगी प्रकरणमा फरार रहेका जीवी राईलाई त्यतिखेरको सरकारले भगायो भनेर अभिव्यक्ति दिएको स्मरण गराउँदै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई जेल हाल्न सुझाव दिए । त्यतिखेरको सरकारले अपराधी भगाएको हो भने प्रधानमन्त्रीले जिम्मेवारी लिनुपर्ने उनको भनाइ छ ।
साथै, सिधा कुरा टिमले बाहिर ल्याएको डार्क फाइल प्रकरणमा मुछिएकाहरूलाई समाएर जेल हाल्न र छानबिन गर्न उनले गृहमन्त्री लामिछानेलाई सुझाव दिए । ‘यो डार्क फाइलमा गृहमन्त्री किन हेरेर बसेको भनेको ?’ प्रश्न गर्दै उनले भने, ‘समाउने छानबिन गर्ने, युट्युबमा फन्डाबाजी नगर्ने । थुनेर राख्ने । गृहमन्त्रीले पक्रिन पाउने र थुन्न पाउने अधिकार छ त ?’
साथै, रास्वपालाई सत्ता छाडेर र संसद्मा एक ठाउँमा उभिन उनले आग्रह गरे । रविले प्रचण्ड छाड्ने नसकेको उनको टिप्पणी छ । ‘उहाँको के हो कुन्नि ? प्रचण्डजीलाई छोड्नै सक्नुहुन्न । के माया पिरती छ कुन्नि ? जता प्रचण्ड त्यतै रवि लामिछाने,’– उनले भने ।
साथै, पशुपतिमा लास जलाउने मेसिन किन्दा पूर्वमन्त्री सुदन किरातीले भ्रष्टाचार गरेको उनको आरोप छ । उनले उक्त प्रकरण छानबिन गर्न गृहमन्त्री लामिछानेलाई सुझाव दिए । ‘पशुपति विकास कोषले लास जलाउने चार वटा मेसिन किन्छ । झण्डै एक बराबर १० करोड घोटाला भएको छ,’– उनले भने ।
गगन र रवि दुवैले राजनीति छाड्दा राम्रो हुने उनको सुझाव छ । रवि लामिछानेले नै गगन थापालाई चुनाव जिताएको उनको भनाइ छ । संसद्बाट प्रधानमन्त्री र मन्त्री बन्ने परम्पराले देश अराजकतातिर गएको उनको निष्कर्ष छ । देशको कार्यकारी प्रमुख जनताबाट प्रत्यक्ष निर्वाचित गराएर चुन्न आवश्यक रहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महिला लिगको फाइनल राउण्डमा आर्मीको सुखद सुरुवात
-
जसको बुढ्यौलीमा फर्कियो आँखाको ज्योति
-
कानुन निर्माणलाई तीव्रता दिने कसरतमा सत्तारुढ दल
-
समस्याग्रस्त सहकारीको व्यवस्थापनका लागि भरत थापाको नेतृत्वमा समिति गठन
-
कृषि क्षेत्रमा इजरायली सहयोगलाई निरन्तरता दिन कृषिमन्त्री अधिकारीको आग्रह
-
प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारीबिच डेढ घण्टा वार्ता