देशको समृद्धिका लागि सोचेअनुसार काम भएन : अध्यक्ष दाहाल

काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले देशको समृद्धिमा सोचेअनुसार काम नभएको बताएका छन् । शनिबार काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले साँचो समृद्धिको बाटो अझै सहज नरहेको जिकिर गरे ।
उनले राजनीतिक अस्थिरतादेखि आर्थिक असमानताका थुप्रै चुनौतीहरूको सामना गर्नुपरेको उल्लेख गर्दै अस्थिरताका कारण सोचेअनुरुपको विकास हुन नसकेको बताए। उनले दुर्गम गाउँहरूमा शिक्षा तथा स्वास्थ्य सेवाको पहुँच प्रदान गर्नेदेखि सीमान्तकृत समुदायको अधिकारको रक्षा गर्न सामाजिक संघ संस्थाहरूले महत्त्वपूर्ण भूमिका रहेको उल्लेख गरे ।
उनले भने, ‘हामी सबैलाई थाहा छ, नेपाल प्राकृतिक श्रोत, साधन, सम्पदा र अथाह सम्भावना भएको देश हो । वैभवशाली प्राकृतिक श्रोत साधन, सांस्कृतिक विविधता र मेहनती, स्वावलम्बी, एवं परिश्रमी मानिसहरूले भरिपूर्ण नेपाल अनेकतामा एकता भएको देश पनि हो । तर साँचो समृद्धिको बाटो भने सहज छैन । हामीले राजनीतिक अस्थिरतादेखि आर्थिक असमानताका थुप्रै चुनौतीहरूको सामना गरेका छौँ । जसले हाम्रो देशको समृद्धिमा सोचेअनुसार काम भइरहेको छैन । दुर्गम गाउँहरूमा शिक्षा तथा स्वास्थ्य सेवाको पहुँच प्रदान गर्नेदेखि सीमान्तकृत समुदायको अधिकारको रक्षा गर्न सामाजिक संघ संस्थाहरूले महत्त्वपूर्ण भूमिका खेलका छन् । जसले श्रोतहरूको पहिचान गर्दै साझेदारीलाई बढवा दिँदै र व्यक्तिलाई आफ्नै विकासको जिम्मा लिन सशक्त बनाउँदै अगाडि बढिरहेका छन् । हामी हाम्रा अनुभव, अन्तर्दृष्टि र उत्कृष्ट अभ्यासलाई साझा अर्थात् सामूहिक गरेर मात्रै समुन्नत र समतामूलक नेपाल निर्माणमा सामाजिक संस्थाहरूको भूमिकालाई कसरी अझ बलियो बनाउन सक्छौँ, भन्ने सन्दर्भ महत्त्वपूर्ण हुन जान्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्रिपरिषद्को आह्वानपछि शिक्षक महासंघले के भन्यो ?
-
शिक्षकहरुलाई विद्यालय फर्कन सरकारको आह्वान
-
वैशाख १२ गते संघीय संसदको बजेट अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस
-
मोटरसाइकलको ठक्करबाट ६० वर्षीय पुष्प दासको मृत्यु, ३० वर्षीय दुरेन पक्राउ
-
सामाजिक सद्भाव बिथोल्ने सामग्री सम्प्रेषण नगर्न अनुरोध
-
१० बजे १० समाचार : मधेसमा कमिसनको चक्कर, भाटभटेनी लुटपाट गर्नेहरू छुट्दै