शुक्रबार, ११ माघ २०८१
ताजा लोकप्रिय
कलाकार

‘‘अन्लक्की’ को ट्याग दिँदा चित्त दुख्थ्यो’

अब पहिले करियर, त्यसपछि विवाह : नीति शाह, अभिनेत्री
शनिबार, २९ वैशाख २०८१

काठमाडौँ । एक समय नीति शाहको फोन असिस्टेन्टबाट उठ्थ्यो । मिडियाले अन्तर्वार्ता प्रस्ताव राख्दा उनी फुर्सद छैन, भ्याउँदिनँ, पछि गरौँला भन्दै तर्किन्थिन् । अहिले भने उनी विभिन्न मिडिया धाइरहेकी छन् । उनलाई मिडिया चाहर्ने बनाएको फिल्म ‘खजुरे ब्रो’ले हो ।

‘खजुरे ब्रो’ शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्म हो । यसैबाट उनले फिल्म अभिनयमा डेब्यु गरेकी हुन् । डेब्यु फिल्म ‘खजुरे ब्रो’ सफल बनाउन प्रचारका लागि उनी यतिबेला अहोरात्र खटिरहेकी हुन् । पहिलो फिल्म के होला, कसो होला जो डर थियो उनलाई ।

‘फिल्मको प्रचार प्रसारमा त हिँड्नुपर्यो नि । डेब्यु फिल्म हो, सफल बनाउनु जो छ’, उनले भनिन्, ‘फिल्मका लागि एकैदिन ४ वटासम्म मिडियामा अन्तर्वार्ता दिएँ ।’ फिल्मले मिडिया एक्सरसाइज राम्रो गराएको उनी सुनाउँछिन् । मिडियाबाट राम्रो साथ पाएकी उनले फिल्म पनि सफल हुने विश्वास लिएकी छन् ।

‘खजुरे ब्रो’ कमेडी कथामा बनेको फिल्म हो । फिल्ममा उनी धरानकी एक सिम्पल युवतीको भूमिकामा छिन् । फिल्ममा मुख्य पात्र ‘खजुरे’ रेअर राईको जोडीको रूपमा उनलाई देख्न सकिन्छ । धरानकी युवतीको चाहना के हुन्छ ? उसका परिवारले के सोच्छन् ? लगायत विषयवस्तु आफ्नो पात्रले बोकेको उनले बताइन् ।

‘फिल्मको शुक्रबारबाट रिलिजमा आएको छ । फिल्मको कारणले मलाई एकदमै डर लागिरहेको छ,’ उनले डरको कारण खोलिन्, ‘पहिलो फिल्म अभिनय दर्शकले रुचाउने हुन् कि होइनन्, अभिनयको कस्तो प्रतिक्रिया दिने हुन् ।’ फिल्मको कथावस्तु राम्रो भएकोले प्रतिक्रिया राम्रो आउने उनले अपेक्षा गरेकी छन् । भनिन्, ‘डेब्यु फिल्म हो । चिन्ता र डर धेरै हुने रहेछ ।’

नीतिलाई फिल्मको जति डर अहिले छ, त्यो भन्दा बढी सुटिङ समयमा पनि थियो रे । भनिन्, ‘पहिलो पटक फिल्म अभिनय गर्दा सक्छु कि सक्दिनँ, सुटिङमा के भन्लान् ? अनेक डर थियो ।’ निर्माण युनिटले सुटिङ अगाडि वर्कसप गरेकोले अभिनयका लागि सहज भएको उनको धारणा छ । 

‘डरैडरमा पहिलो दिनको सुटिङ सकियो । त्यसपछिका छायाङ्कन भने सकिएको पत्तै भएन,’ उनले थपिन् ‘मोडलिङमा गरिसकेकाले क्यामरा फेस गर्न चाहिँ समस्या भएन ।’ म बिस्तारै बोल्ने भएकोले डाइलग डेलिभरीमा च्यालेन्ज थियो । आत्मविश्वास बलियो पारेर अभिनय गरेको उनले बताइन् ।

niti shah (1)

  • अभिनय प्रशिक्षणपछि फिल्म

‘मिस नेपाल–२०१७’ मा सहभागी हुँदै ‘मिस नेपाल इन्टरनेसनल’को उपाधि जितेपछि पहिलो पटक चर्चामा छाएकी नीति दाङकी स्थायी बासिन्दा हुन् । सानैदेखि काठमाडौँमा हुर्के बढेकी उनमा सानैदेखि टिभी हेर्दा त्यसमा आफू छाउने इच्छा थियो । त्यही भएर कसरी छाउने ? के गर्ने ? भन्ने चिन्तन र माध्यमको खोजमा लाग्थिन् ।

फिल्मका लागि नीतिलाई २०१७ मै अफर मिलेको थियो । तर उक्त समय उनले काम गरिनन् । त्यस बेला उनी मोडलिङमा व्यस्त थिइन् । फिल्मका लागि परिपक्व नभएको ठान्थिन् ।

त्यही खोजले कक्षा ११ मा पढ्दै गर्दा उनले पहिलोपटक एक म्यागेजिनमा फोटोसुटको अवसर पाइन् । त्यसपछि विभिन्न अवसरले पछ्याउँदै अहिलेका अवस्था आउन आफू सफल भएको उनी बताउँछिन् ।

‘सानोमा अभिनेत्री बन्छु वा मिस नेपालमै जान्छु भन्ने चाहिँ सोच थिएन,’ उनी सुनाइन्, ‘आफ्नो क्षमताको विकासका लागि फिल्म रोजेँ ।’ फिल्ममार्फत आफूले आफूलाई नयाँ कामका च्यालेन्ज गरेको उनी ठान्छिन् ।

फिल्मका लागि नीतिलाई २०१७ मै अफर मिलेको थियो । तर उक्त समय उनले काम गरिनन् । त्यस बेला उनी मोडलिङमा व्यस्त थिइन् । फिल्मका लागि परिपक्व नभएको ठान्थिन् । अहिले मोडलिङमा सफलतापछि अब के गर्ने त भनेर फिल्म रोजेको उनी खुलाइन् ।

फिल्म अभिनयबारे सिकेर मात्र उनी यसमा भित्रिएकी हुन् । नेपालमा अनुप बराल, दीया मास्के, अशान्त शर्मा, भोलाराज सापकोटासँग अभिनय प्रशिक्षण लिएकी उनले भारतमा अभिनेता अनुपम खेरको इस्टिच्युटमा तीन महिनाको अभिनय कोर्स गरेकी छन् ।

  • मेरो लागि लक्की ‘खजुरे ब्रो’

‘खजुरे ब्रो’बाट अभिनयमा डेब्यु गरेकी नितीले डेब्युका लागि रोजेको यो नै पहिलो फिल्म भने होइन । उनले डेब्युका लागि पहिले फिल्म ‘हुतुतु’ रोजेकी थिइन् । त्यो फिल्मको काम अगाडि नबढेपछि उनी ‘एक्स–९’मा जोडिइन् ।

‘फिल्म नबनेको मेरो कारणले थिएन । त्यसमा धेरै कारण थिए । जे भयो, राम्रो भयो । ‘खजुरे ब्रो’ मेरो लागि लक्की रह्यो,’ उनी खुसी देखिइन् ।

तर, यी दुवै फिल्म निर्माण अगाडि नबढ्दा उनले ‘कामिनो’ रोज्नुपर्‍यो । यो फिल्म पनि नबनेपछि उनले निर्देशक सुदर्शन थापाको फिल्म ‘रावायण’ साइन् गरिन् । फ्लोलरमा निस्कने अन्तिम समय अभिनेताको रूपमा अनुबन्धित अनमोल केसी फिल्मबाट बाहिरिए । फिल्म बन्ने, नबन्ने निश्चत नै भएन । त्यसपछि फिल्म ‘खजुरे ब्रो’मा जोडिएकी हुन् । 

जोडिएको पाँचौँ फिल्मबाट उनी फिल्म अभिनयमा डेब्यु सफल भइन् । पहिले अनुबन्धित भएका फिल्म नबन्दा नीति ‘अन्लक्की’ भएको जस्ता नकारात्मक समाचार आए । उनी ती पलमा फर्किइन्, ‘परिस्थिति त्यस्तै भएकाले पहिले अनुबन्धित भएका फिल्म बनेनन् । जथाभाबी समाचार आउँदा चित्त पनि दुख्यो ।’ आफू पब्लिक फिगर भएको कारण राम्रो नराम्रो दुवै समाचार आउने भन्दै चित्त बुझाएको उनले बताइन् ।

‘फिल्म नबनेको मेरो कारणले थिएन । त्यसमा धेरै कारण थिए । जे भयो, राम्रो भयो । ‘खजुरे ब्रो’ मेरो लागि लक्की रह्यो,’ उनी खुसी देखिइन् ।

फिल्ममा रेअर राई, नवीन मानन्धर, महेश त्रिपाठी, विनीता थापा, पुष्कर कार्की, प्रकाश भुजेल, मनिष राउत, प्रेम सुब्बा, सुजाता राई, दीपचन्द्र राई, शान्तिला तामाङ लगायतको अभिनय छ । यीमध्ये धेरै कलाकार फिल्ममा नचिनिए पनि थिएटरमा खारिएका छन् ।

niti shah (2)

पहिलो फिल्म नै थियटर कलाकारसँग सहकार्य गर्न पाउँदा उनले धेरै सिक्न पाएकी छन् । ‘एकतर्फ अभिनय पनि सिक्न पाएँ । अर्काेतर्फ चिनिएका कलाकार अन्य नभएकोले मिडियाको प्राथमिकतामा म परेँ,’ उनले दङ्ग हुँदै भनिन्, ‘ साइन गरेको फिल्म नबनिरहँदा ‘खजुरे ब्रो’ बनिहाल्ने भएपछि रोजे ।’ यो फिल्ममा उनी अडिसन दिएर सेलेक्सट भएकी हुन् ।

‘खजुरे ब्रो’ भर्खर रिलिज भएकोले हिट वा फ्लपको रिजल्ट आउन बाँकी छ । अभिनयको प्रतिक्रिया पनि पाउन बाँकी छ । ‘रिजल्ट, प्रतिक्रिया जे आएपनि फिल्ममा डेब्यु गर्न सफल भएँ । अभिनय अगामी दिनमा सुधार्दै जाउँला । अब अरू फिल्ममा सुधार्दै जाने हो,’ उनले भनिन्, ‘जे भए पनि फिल्मी यात्रा अगाडि बढाइराख्छु ।’

  • ओपन छु 

डेब्यु फिल्म प्रदर्शनमा आउँदा नीति भने अहिले ‘घरज्वाइँ’ को लागि वर्कसपदेखि विभिन्न तयारीमा छिन् । रोमान्टिक– कमेडी जनरामा बन्न लागेको फिल्ममा उनको जोडीका रूपमा हास्य अभिनेता जितु नेपाल देखिँदै छिन् । घरज्वाइँको कथामा निर्माण हुने फिल्ममा जितुसँग आफ्नो जोडी पनि राम्रो देखिने उनले विश्वास लिएकी छन् ।  ‘पहिलो फिल्म पनि कमेडी र दोस्रो पनि कमेडी’, उनी भन्छिन्, ‘अभिनय अनुभव रमाइलो हुने भयो ।’

‘घरज्वाइँ’पछि उनी फिल्म ‘रूखान’मा समेत भित्रिएकी छन् । अन्य केही फिल्मको समेत स्क्रिप्ट बढिरहेको उनी सुनाउँछिन् । ‘फिल्ममा फरक फरक भूमिका गर्दै अगाडि बढ्छु’, उनी थप्छिन्, ‘जुनै क्यारेक्टरका लागि पनि ओपन छु ।’

पहिले फिल्म अभिनय गर्छु भन्दा आमाबुबाबाट साथ नपाएकी उनलाई अहिले भने साथ र सपोर्ट छ । त्यसैले केही अगाडि एक अन्तर्वार्तामा २०२४ मा विवाह गर्ने बताएकी उनी अहिले यो वर्ष विवाह नहुने बताउँछिन् ।  भन्छिन्, ‘अब पहिले करियर, त्यसपछि विवाह ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया